मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखराका पसलहरूमा अब विद्युतीय माध्यमबाट भुक्तानी सुविधा

पोखराका पसलहरूमा अब विद्युतीय माध्यमबाट भुक्तानी सुविधा

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं - पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ। 

सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरे।

सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरूमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिने छ।

पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन्।

प्रकाशित: Mar 17, 2021| 03:13 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्