शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डिब्रुन र गुन्डोगनको गोलसँगै सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा

डिब्रुन र गुन्डोगनको गोलसँगै सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा

प्रिमियर क्लब म्यानचेस्टर सिटी लगातार चौथोपटक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– प्रिमियर क्लब म्यानचेस्टर सिटी लगातार चौथोपटक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। उसले गएरातिको खेलमा जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखलाई २–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो।

पहिलो लेगमा पनि समान दुई गोलको जित निकालेको सिटीले दोस्रो लेगमा पनि उस्तै जित निकालेपछि समग्रमा ४–० को नतिजाले क्वार्टरफाइलन पुग्यो। पुस्कस एरिनामा भएको खेलमा केभिन डिबून र इलके गुन्डोडनले समान १–१ गोल गरे।

खेलको १२ औं मिनेटमै रियाल महरेजले दिएको गोलको सदुपयोग गर्दै डि ब्रुनले गोल गरे। त्यस्तै, फिल फोडेनले १८ औं मिनेटमा दिएको पासलाई गुन्डोगनले गोलमा परिणत गरे।

पहिलो १८ मिनेटमा बनाएको अग्रताका साथ सिटीले खेल जित्यो। 

अब युरोपियन शीर्ष लिगको क्वार्टरफाइनलको ड्र आउँदो शुक्रबार हुनेछ। अन्तिम १६ का बाँकी दुई खेल आज(बुधबार) राति हुँदैछन््।

प्रकाशित: Mar 17, 2021| 02:01 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।