मंगलबार, असोज २०, २०८३

प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले घट्यो

चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले कमी आएको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं‐ चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले कमी आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सात महिनामा १४ अर्ब ३८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो।

चालू आवको सात महिनामा नौ अर्ब दुई करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ।
गत वर्षको तुलनामा नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ३६ करोड रुपेयाँले घटेको राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको समग्र अर्थतन्त्रको अवस्थामा उल्लेख छ। 

त्यस्तै आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेर सात खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो। 

माघमा चालू खाता एक खर्ब एक अर्ब ९० करोडले घाटामा छ। 

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ६ अर्बले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंंकले मंगलबार जारी गरेको चालू आथिृक वर्षको सात महिनाको देशको आर्थिक अवस्थाअनुसार माघसम्म देशको शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा छ। 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा थियो।

माघसम्ममा देशमा १४ खर्ब ६२ अर्ब तीन करोड रुपैयाँ विदेशी विनियम सञ्चिति छ। यो गत असारको भन्दा ४.३ प्रतिशतले मात्र वृद्धि भएको हो।

गत असार मसान्तसम्ममा नेपालमा १४ खर्ब एक अर्ब  ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो।

प्रकाशित: Mar 16, 2021| 14:57 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्