शुक्रबार, असार २६, २०८३

देशव्यापी टेबल टेनिसमा भक्तपुरको वडा नं. ५ लाई स्वर्ण पदक

प्रतियोगिताको फाइनलमा वडा ५ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गरेको हो।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं- स्पिन इभेन्टसले आयोजना गरेको अन्तर वडा टेबल टेनिस प्रतियोगिताको महिला इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नम्बर ५ ले  मंगलबार स्वर्ण पदक जितेको छ।

प्रतियोगिताको फाइनलमा वडा ५ ले भक्तपुर नगरपालिकाको वडा २ लाई ३–२ ले पराजित गरेको हो।

काठमाडौं महानगरपालिका वडा २ र ललितपुर महानगरपालिका वडा १२ संयुक्त रुपमा तेस्रा भए।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्ट्समा ललितपुर महानगरपालिका वडा १९ ले सोही नगरपालिका वडा ८ लाई ३–२ ले हराएकाे छ। 

यस्तै धरान उपमहानगरपालिका वडा ९ ले ललितपुर वडा ७ लाई ३–१, धरान वडा १२ ले भक्तपुर वडा ५ लाई ३–२ तथा विराटनगर महानगरपालिका वडा ३ ले ललितपुर वडा १२ लाई ३–१ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

प्रकाशित: Mar 16, 2021| 14:06 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।