काठाडौं– नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाडौंलाई सम्मान गरेको छ। द अरनिको ट्रफी २०२१ मा विजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको हो।
टोलीलाई सम्मान गर्दै पूर्वमन्त्री गगन थापाले सम्मानले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न मद्दत पुग्ने र प्रतियोगिताले खेलाडीहरुको स्तर वृद्धिमा सघाउ पुग्ने बताए।
लोकतान्त्रिक संघ बागमती प्रदेश संयोजक दीपक गुरुङले भने, ‘यो संघ खेलाडीहरुको अभिभावकको रुपमा रहेको छ। आगामी दिनमा पनि खेलाडीहरुको हक हितमा लाग्ने र खेलाडीले आफूलाई कहिलै टुहुरो सम्झनु पर्दैन।’
महिला क्रिकेट खेलाडीहरुको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फागुन ६, ७ र ८ गते पोखरामा डिएससी र गण्डकी प्रदेशबीच ५० ओभरको तीन एक दिवसिय मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। जसमा डिएससी तीनै प्रतिस्पर्धामा विजयी भएको थियो।