मंगलबार, असोज २०, २०८३

सात महिनाको मूल्यवृद्धि २.७ प्रतिशत

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं‐ चालू आर्थिक वर्षको पहिलो सात महिनामा मूल्यवृद्धि २.७ प्रतिशतमा सीमित भएको छ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ। आर्थिक वृद्धिको लक्ष्य भने ७.५ प्रतिशत छ।

सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रतर्फको कर्जा विस्तार २० प्रतिशत गर्नुपर्ने भएको र कर्जा विस्तार हुँदा ७ प्रतिशतभित्र मूल्यवृद्धि कायम राख्न सकिने सोचका साथ राष्ट्र बैंकले मूल्यवृद्धिको तय गरेको थियो। तर, कोरोना महामारीका कारण कर्जा विस्तारमा कमी आएपछि मूल्यवृद्धिमा पनि कमी आएको हो। 

गत पुसमा मूल्यवृद्धि ३.५६ प्रतिशत कायम थियो भने मंसिरमा २.९३ प्रतिशत। सो अवधिमा कर्जाको विस्तारमा कमी आएको पनि नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। कोभिडका कारण बजार पूर्ण रुपमा नखुल्दाको परिणाम मूल्यवृद्धिमा पनि परेको जानकारहरु बताउँछन्।

कुन महिनामा कति मूल्यवृद्धि ?

प्रकाशित: Mar 16, 2021| 11:51 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्