मंगलबार, असोज २०, २०८३

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागिएको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ आयोजना गर्न लागिएको छ।

काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समूहका खेलाडीहरूले भाग लिन सक्नेछन्।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ स्पोर्टस् भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।
 

प्रकाशित: Mar 16, 2021| 11:13 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्