शुक्रबार, असार २६, २०८३

त्रिदेशीय फुटबल प्रतियाेगिताको तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देश सम्मिलित फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देश सम्मिलित फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। नेपाल, बंगलादेश र किर्गिस्तानबीच खेल हुन लागेको हो। 

एन्फाले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार चैत ९ देखि आयोजना हुने थ्री नेसन्स (त्रिदेशीय) फुटबलको फाइनल १९ गते हुनेछ।

तालिकाअनुसार नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्नेछ। दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल बंगलादेश र किर्गिस्तानबीच हुनेछ। 

नेपालले पहिलो खेल १२ गते किर्गिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १४ गते बंगलादेशसँग खेल्नेछ।

चार खेलको प्रतियोगितामा लिग चरणमा तीन खेल हुनेछन्।  सिंगल राउन्ड रोबिन शैलीमा लिग चरणमा शीर्ष दुई स्थान हात पार्ने टोली उपाधिका भिड्नेछन्। 

नेपालले पछिल्लो समय गत कात्तिक २८ र मंसिर २ गते बंगलादेश गएर त्यहाँको राष्ट्रिय टिमसँग खेलेको थियो। पहिलो खेलमा २–० गोलको हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित: Mar 16, 2021| 11:00 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।