मंगलबार, असोज २०, २०८३

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित सेवा

लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यी दुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको छ । 

बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. १, घोडागाउँ र वडा नं. ८, अरेस बजारमा शाखारहितसेवा सञ्चालनमा ल्याएको हो। घोडागाउँमा खोलिएको सेवाको लागि मधु केसी र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, विभिन्न भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।
 

प्रकाशित: Mar 16, 2021| 10:13 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्