शुक्रबार, असार २६, २०८३

काठमाडौं किकर्समा स्कटल्यान्डका प्रशिक्षक 

काठमाडौं किकर्स प्रालिले मंगलबार काठमाडौं फुटबल क्लिनिक घोषणा गरेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– काठमाडौं किकर्स प्रालिले मंगलबार काठमाडौं फुटबल क्लिनिक घोषणा गरेको छ। यस्तै किकर्सले स्कटल्यान्डका प्रशिक्षक ली मेनसनलाई अनुबन्ध गरेको छ। 

किकर्सले साना उमेर समूह बालबालिकालाई फुटबलमा  प्रशिक्षण दिने उद्देश्यले प्रशिक्षक अनुबन्ध गरेको हो।

अखिल नेपाल फुटबल संघका पूर्व अन्तर्राष्ट्रिय मामिला सल्लाहकार रहिसकेका नवीन पाण्डेको अध्यक्षतामा रहेको काठमाडौं किकर्सले चार वर्षयता ग्रासरुट फुटबलको कार्यक्रम गर्दै आएको छ।

‘किकर्स २०१४ देखि सुरु भएको हो। विद्युतीय उपकरणको लतका कारण बच्चाहरू खेलकुदमा  कमै सहभागी हुन थालेका छन्। बालबालिकालाई त्यसबाट छुटाउन खेलकुदमा केन्द्रित गरेका हौं’,  पाण्डेले भने, ‘हामीले चार जनालाई जर्मनीमा प्रशिक्षण लिन पठाएर यहाँ पनि प्रशिक्षण दिएका छौं।’

उनले अब फुटबलको विकासलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ भनेर नयाँ योजना ल्याउन लागिएको बताए। उनले भने, ‘दक्षिण एसियामा मात्र होइन, युरोप–अमेरिकामा पनि फुटबलरको पहुँच पुर्‍याउनु जरुरी छ।’

यसैका लागि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक अनुबन्ध गरेको पाण्डे बताउँछन्। 

मेनसन स्कटल्यान्डका  क्विन अफ साउथ, स्कटिस एसोसिएसन लगायत टिममा हेड कोच रहिसकेका छन्। साथै उनले जापनका तीन र फिलिपिन्सको दुईसहित फिलिपिन्सको राष्ट्रिय महिला टिममा सहायक कोचको जिम्जारी सम्हालिसकेका छन्।

‘हामी विभिन्न उमेर समूहको परिचयात्मक कार्यक्रम गर्नेछौं। त्यसबाट इच्छुक व्यक्तिले एकेडेमीमा भर्ना हुन सक्नेछन्’, पाण्डेले भने, ‘परिचयात्मक कार्यक्रम आउँदो आइतबार हुनेछ।’

 मेनसनले किकर्सको अभियानले खेलाडीको विकासमा सहयोग गर्ने बताए।  ‘हामी सीप विकास गर्न सिकाउनेछौं’, उनले भने, ‘यसले देशको खेल क्षेत्रमा नयाँ प्रतिभा जन्माउन सहयोग गर्नेछ।’

किकर्सले ६–९, ९–१३, १३–१६ उमेरका तीन समूहलाई एकेडेमीले भर्ना गरेर तीन, छ र एक वर्षको प्याकेजमा प्रशिक्षण दिनेछ।  

‘पर्याप्त ठाउँ नभएकाले थोरै मात्र युवा खेलाडी लिन चाहन्छौं। हामी एक पटकमा २० खेलाडीसम्म लिन सक्छौं’, मेनसनले भने, ‘उच्च स्तरको प्रशिक्षण दिनेमा हामी ढुक्क छौं।’ 

प्रकाशित: Mar 16, 2021| 10:12 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।