मंगलबार, असोज २०, २०८३

डिशहोममा ‘कमेडी क्याफे’

 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको हछ । 

कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टिभी च्यालन नम्बर १ सय २ मा हरेक शनिबार साँझ ७ बजे प्रसारण भइरहेको छ। विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोनमार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई प्रान्क (झुक्याउने) कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन्।

हास्य टेलिऋंखलामा ‘माने’ र ‘रेन्बो सोल्टा’ नाममार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई झुक्याउँछन्। यस कार्यक्रममार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ। 

प्रकाशित: Mar 16, 2021| 10:08 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्