मंगलबार, असोज २०, २०८३

राष्ट्र बैंकमा नौ जना कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। सरकारले गत साता डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगानालाई नियुक्त गरेपछि गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरुको पनि सरुवा गरेका हुन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडाैं‐ नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको सरुवा भएको छ। सरकारले गत साता डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगानालाई नियुक्त गरेपछि गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकहरुको पनि सरुवा गरेका हुन्। 

राष्ट्र बैंकका अनुसार प्रवक्ता तथा अनुसन्धान विभागको जिम्मेवारी सम्हाल्दै आएका डा. गुणाकर भट्टलाई बैंक सुपरीपेक्षण विभागमा सरुवा गरिएको छ। त्यस्तै बैंक सुपरीपेक्षण विभागका मुकुन्द छेत्री वित्त व्यवस्थापन विभागमा पुगेका छन्। 

विकास बैंक सुपरीवेक्षण विभागका ऋषिकेश भट्ट सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभागका प्रदीपराज पौड्याल विकास बैंक सुपरीवेक्षण विभागमा पुगेका छन् भने बैकिङ विभागका नरेश शाक्य राष्ट्र ऋण व्यवस्थापन विभाग सरुवा भएका छन्। 

सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका सुमनकुमार अधिकारी लघुवित्त संस्था सुपरीवेक्षण विभाग, जनशक्ति विभागका रामु पौडेल विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त तथा सुपरीवेक्षण विभागका डा.प्रकाश कुमार श्रेष्ठ आर्थिक अनुसन्धान विभाग र संस्थागत योजनाका रामबहादुर मानन्धर बैंकिङ विभाग पुगेका छन्। 

त्यस्तै दुई निर्देशक दयाराम शर्मा पंगेनी र तुलसी प्रसाद घिमिरेलाई कार्यकारी निर्देशकको कायम मुकायम बनाएर पदस्थापन गरिएको छ। शर्मा मुद्रा व्यवस्था विभाग र घिमिरे जनशक्रि व्यवस्थापन विभागमा थिए। उनीहरुलाई क्रमशः संस्थागत योजना तथा जोखिम व्यवस्थापन र जनशक्ति व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। 

प्रकाशित: Mar 16, 2021| 09:07 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्