शुक्रबार, असार २६, २०८३

भलिबल लिगमा पुरुषतर्फ सात र महिलातर्फ ६ क्लब सहभागी हुने

आगामी चैत १९ देखि २५ गतेसम्म सञ्चालन हुने राष्ट्रिय पुरुष/महिला क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ क्लब सहभागी हुने भएका छन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं - आगामी चैत १९ देखि २५ गतेसम्म सञ्चालन हुने राष्ट्रिय पुरुष/महिला क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ क्लब सहभागी हुने भएका छन्।

नेपाल भलिबल संघ (एनभीए)को आयोजना र राष्ट्रिय वाणिज्य बैंकका प्रयोजनमा हुने प्रतियोगिता हुन लागेको हो। 

एनभीएले एक सूचना जारी गर्दै क्लब सार्वजनिक गरेको छ। 

पुरुषतर्फ पुलिस, सशस्त्र र आर्मी गरी तीन विभागीय टोलीसहित एचएनएससी, बुद्ध युवा क्लब, नयाँबजार क्लब, मनिमुकुन्द क्लब र बुल्बुले रारा क्लब छन्।

त्यस्तै महिलातर्फ तीन विभागीयसहित न्यु डायमन्ड, ढोरपाटन क्लब, भरतपुर महानगर रहेको आयोजकले बताएको छ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ।

प्रकाशित: Mar 16, 2021| 02:04 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।