शनिबार, असार २७, २०८३

खेलकुद ऐन नियमावलीको प्रारम्भिक मस्यौदा तयार

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकारबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं- राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ५४ ले दिएको अधिकारबमोजिम प्रारम्भिक मस्यौदा तयार भएको राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ।

मस्यौदा तयारी समितिले राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ को प्रारम्भिक मस्यौदा तयार पारेर आज (सोमबार) राखेपमा बुझाएको राखेपले जानकारी दियो।

मस्यौदा निर्माण समितिमा युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकाल संयोजकका रुपमा थिए।

ढकाल संयोजक रहेको समितिमा विज्ञ रिमबहादुर रानाभाट, खेलकुद शाखा उपसचिव प्रेमराज खरेल, आर्थिक महाशाखा उपसचिव रामप्रसाद विडारी, कानून न्याय संसदीय मन्त्रालय उपसचिव शारदा राउत थिए।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का कानून शाखाका प्रमुख नारायणराज अर्याल र सचिवको रुपमा युवा तथा खेलकुद मन्त्रालयका कानून उपसचिव रिन्जा डंगोल पनि समितिका सदस्य थिए।

सात सदस्यीय समितिले राखेपका सदस्य-सचिव रमेशकुमार सिलवाललाई उक्त नियमवलीको प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेको हो।

गएको असारमा खेलकुद विकास ऐन आएपछि ऐन लागू भएको साढे ८ महिनापछि मस्यौदा आएको थियो।

देश संघीयतामा गएसँगै नयाँ ऐन आवश्यक भएपछि युवा तथा खेलकुद मन्त्रालयले ढेड वर्ष लगाएर खेलकुद विकास ऐन निर्माण गरेको थियो।
तर त्यसलाई कार्यान्वयन गर्ने सिलसिलामा नियमावलीको अभावका कारण धेरै कुराहरु अन्योलको अवस्थामा थिए।

प्रकाशित: Mar 15, 2021| 14:00 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।