शुक्रबार, असार २६, २०८३

भक्तपुरका दुई टिम देशव्यापी टेनिसकाे फाइनल प्रवेश

भक्तपुर नगरपालिकाको दुई टिम स्पिन इभेन्ट्सले आयोजना गरेको देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन्। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं- भक्तपुर नगरपालिकाको दुई टिम स्पिन इभेन्ट्सले आयोजना गरेको देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन्। 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सोमबार (आज) भएको खेलमा भक्तपुर नगरपालिका-२ ले काठमाडौं महागरपालिका–२ लाई ३-० तथा भक्तपुर नगरपालिका–८ ले ललितपुर महागरपालिका–१२ लाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगितामा पुरुषमा २६ टिमका ४३३ खेलाडीको सहभागिता छ। महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन्। पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ।

पुरुष/महिला सिंगल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्।

शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिताको अवसर पाउने छैनन्। भेट्रानमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० नगद पाउने छन्।

टिम च्याम्पियन वडालाई ५० हजार नगदबाट पुरस्कृत गरिने आयोजकले बताएको छ। प्रतियोगिता चैत ७ गतेसम्म चल्ने छ।

प्रकाशित: Mar 15, 2021| 13:55 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।