आइतबार, चैत १, २०८२

तेज गुरुङ बने गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव 

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन्।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

पोखरा- गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन्।

National life

गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो। सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए। गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गुरुङलाई गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम सदस्य सचिवमा नियुक्त गरेको बताए।

कास्की पोखरा महानगरपालिका वडा नं १६ अर्मला कोटमा जन्मिएका गुरुङ प्रारम्भिक चरणमा पृथ्वीनारायण क्याम्पसबाट बास्केटबल खेलबाट खेल जीवनको सुरुआत गरेका हुन्। २०३९ सालमा ह्यान्डबल खेललाई मुख्य खेलको रुपमा अंगिकार गर्दै अघि बढेका थिए। ह्यान्डबल खेलमा लामो समय योगदान दिएका गुरुङ हाल नेपाल ह्यान्डबल संघको अध्यक्ष छन् भने नेपाल ओलम्पिक कमिटीको उपाध्यक्षसमेत हुन्।

२०४० को सालको दोस्रो बृहत राष्ट्रिय खेलकुदमा गण्डकीलाई ह्यान्डबल खेलबाट स्वर्ण पदक दिलाउन भूमिका खेलेका गुरुङ अग्रेजी र राजनीति शास्त्रमा स्नातक हुन्। उनी भारतको पटियालामा एनआईएस प्रशिक्षणमा गोल्ड मेडलिस्ट हुने पहिलो नेपाली हुन् भने सन् १९८५ देखि १९८८ सम्म नेपाल ह्यान्डबल टिमको कप्तानीसमेत गरेका थिए।

खेलाडी हुँदै टिमको प्रशिक्षकसमेत रहेर २६ भन्दा बढी देश भ्रमण गरिसकेका गुरुङकै प्रशिक्षणमा हङकङमा नेपालले ह्यान्डबलमा पदकसमेत जितेको थियो। उनले सन १९८५ मा जोर्डनको अम्मानमा सम्पन्न एसियन च्याम्पियनशिपमा नेपालको टिमको कप्तानी गर्दै मैदानमा उत्रिएका थिए। हाल उनी भुतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष छन्। 

Laxmi sunrise bank
kumari

गुरुङले आफू प्रदेश खेलकुदको विकासका लागि कार्ययोजनासहित अघि वढ्ने बताए। उनले भने, ‘मन्त्रालयमा मैले कार्ययोजना पेस गरेको छु, खेलकुद मार्फत प्रदेशको समृद्धिका लागि सबैसँग हातेमालो गर्दै अघि वढ्ने प्रतिवद्धता जनाउँदछु।’

सदस्य सचिव छनोटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकासमन्त्री नर देवी पुनको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो। समिति सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर र खेलविज्ञ दिलबहादुर गुरुङ थिए।

प्रकाशित: Mar 15, 2021| 11:23 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।