आइतबार, चैत १, २०८२

धनगढी क्लबका मार्की खेलाडी बने विशाल राई

आउँदो नेपाल सुपर लिग (एनएसएल) मा राष्ट्रिय फुटबल टिमका विशाल राई धनगढी फुटबल क्लबका मार्की खेलाडी रहने भएका छन्।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– आउँदो नेपाल सुपर लिग (एनएसएल) मा राष्ट्रिय फुटबल टिमका विशाल राई धनगढी फुटबल क्लबका मार्की खेलाडी रहने भएका छन्। धनगढी फुटबल क्लबले आज एक कार्यक्रमबीच मार्की खेलाडी सार्वजनिक गरेको हो।

National life

फ्रेन्चाइज लिगमा एक उत्कृष्ट खेलाडीलाई मार्की खेलाडीका रुपमा राख्ने प्रचलन छ। मार्की खेलाडी अक्सनमा जाँदैनन्।

पछिल्लो समय विशाल राई सहिद स्मारक लिग विजेता मछिन्द्र क्लबमा अनुबन्ध भएका थिए। त्यहाँबाट उनले क्लबलाई लिग जिताए। 

उनले सन् २०१५ अगस्ट १९ मा भारतविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। होल्डिङ मिडफिल्डर राईले १९ अन्तर्राष्ट्रिय खेलमा तीन गोल गरेका छन्।

उनले माल्दिभ्स, लाओस र फिलिपिन्सविरुद्ध गोल गरेका थिए। वैशाख ११ बाट सुरु हुने एनएसएलमा सहभागी सात टिममध्ये सुदूरपश्चिमको क्लब धनगढी, सुदूरपश्चिम एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको मातहतमा रहनेछ।

Laxmi sunrise bank
kumari

ती एकेडेमीका सञ्चालक सुवास शाही धनगढी क्लबका मालिक हुन्। उनले धनगढी प्रिमियर लिग (डीपीएल) सञ्चालन गराउँदै आएका थिए। डीपीएल नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज लिग को। त्यसैले धनगढीलाई क्रिकेटको सहरका नामले पनि चिनिन्छ। 

नेपाल सुपर लिगको पहिलो संस्करणमा देशभरका सात सहरका सात टिमको सहभागिता रहनेछ। पाँच प्रदेशका सात सहरहरूमा विराटनगर, काठमाडौं, ललितपुर, चितवन, पोखरा, बुटवल, लुम्बिनी र धनगडी छन्। यी सबै फुटबल क्लबहरूमध्ये मार्की खेलाडी घोषणा गर्ने धनगढी पहिलो क्लब हो।

लिगमा एक फ्रेन्चाइज क्लबले बढीमा २० खेलाडी राख्न पाउने छ। जसमा तीन विदेशी, एक मार्की, दुई स्थानीय र बाँकी १४ खेलाडी अक्सनबाट अनुबन्ध हुनेछन्।

प्रतियोगितामा सहभागी खेलाडीको लिलामी चैत ६ गते हुनेछ।

प्रकाशित: Mar 15, 2021| 11:12 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।