आइतबार, चैत १, २०८२

नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग : धनाढ्यहरूकाे प्रवेश

दशरथ रंगशालामा हुने नेपाल सुपर लिग देशकै पहिलो फुटबल फ्रेन्चाइज लिग हो।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – दशरथ रंगशालामा हुने नेपाल सुपर लिग देशकै पहिलो फुटबल फ्रेन्चाइज लिग हो। यो देशभरका सात सहरको प्रतिनिधित्व गर्दै आगामी वैशाख ११–२५ मा हुँदै छ। 

National life

सन् २०१९ मा योजना बनाएर अघिल्लो वर्ष सुरु गर्ने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेन। 

लिगमा विराटनगर फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, चितवन फुटबल क्लब, पोखरा थन्डर्स, बुटबल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब सहभागी हुने भएका छन्। 

खेलकुदमा घरानिया परिवारको उपस्थिति कमजोर भएको चर्चा चलिरहने खेल वृत्तमा अहिले भने बलियो उपस्थिति रहेको चर्चा सुरु हुन थालेको छ। किनभने देशकै प्रख्यात उद्योगपति निर्वाणलगायत धेरै उद्योगी र धनाढ्यहरूको नाम फ्रेन्चाइजसँग जोडिएको छ।

विराटनगर फुटबल क्लबलाई नै हेर्ने हो भने पनि यसका अध्यक्ष हुन् नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराई। 

Laxmi sunrise bank
kumari

अनि काठमाडौं रेजर्स टिमलाई यमाहाले लिएको छ। यमाहा जापानिज अटोमोबाइल कम्पनी हो। यसका सीईओ चिरन्जीवी शाह हुन्।

ललितपुरको क्लबलाई देशकै सबभन्दा ठूलो सुपरमार्केट भाटभटेनीले लिएको छ। 

चन्द्र ढकाल र हेमराज ढकाल चितवनको तर्फबाट लिगमा सहभागी बन्ने छन्। 

अर्बपतिको लिस्टमा नाम लेखाउन लागेका ढकाल दाजुभाई ग्लोबल आईएमई ग्रुपका मालिक हुन्।

पोखरा ठन्डर्स क्लब लक्ष्मी ग्रुपको मातहतमा रहने भएको छ। निराकार अन्जन श्रेष्ठलगायत समूहको लक्ष्मी ग्रुपले समृद्धि स्टिल्स, सुजल फुड्स, हुन्डाई अटोमोबाइललगायतका थुप्रै व्यवसाय सम्हाल्दै आएको छ।

प्रतियोगिताको अर्को क्लब बुटबल लुम्बिनी सामूहिकरूपमा सञ्चालन गरिँदै छ। राजकुमार तिम्सिना अध्यक्ष रहेको इभेन्ट कोड प्रालिको मातहतमा क्लब छ। 

पेवेल प्रालिको संस्थापक निर्देशक तथा चिलिमे, रसुवागढी र आरएमडीसी लगु वित्तका निर्देशक रहेका भीम तिम्सिना पनि ग्रुपमा जोडिएका छन्।

खेल वृत्तमा परिचित सुवास शाहीले धनगढीको टिम लिएका छन्। सुदूरपश्चिम एकेडेमीका प्रबन्ध निर्देशक शाहीले धनगढी प्रिमियर लिग गराउँदै आएका छन्।

यस्तो छ क्लब मालिकको प्रतिक्रिया

विराटनगर सिटी फुटबल क्लब (अनुप भट्टराई)

सुपर लिग गर्ने विचार निकै राम्रो हो। त्यसमा पूर्वको तराई क्षेत्रमा फुटबलको राम्रो प्रभाव छ। यसको भविष्य पनि राम्रो रहेको आकलन गर्दै क्लब ‘वन’ गरेका छौं।

हामी यो लिगमा सहभागी बन्न पाएकोमा निकै खुसी छौं। हामी फुटबललाई तराईको संस्कृतिसँग जोड्न चाहन्छौं।

काठमाडौं रेजर्स (चिरञ्जीवी शाह)

धेरै खुसी छौं, आयोजक निकै प्रोफेसनल छ। यमाहा आफैंमा एक स्पोर्टी ब्रान्ड हो त्यसैले हामी खेलसँग सधैँ जोडिन चाहन्छौं। हाम्रो पार्टनरसिप निकै फाइदाजनक होला।

ललितपुर सिटी (कामना गुरुङ– भाटभटेनी निर्देशक)

लिगमा सहभागी हुन पाएकोमा एकदमै खुसी छौं। आयोजकलाई धन्यवाद दिन चाहन्छौं र प्रतियोगिताको सफलताको आशा गर्दछु।

चितवन (हेमराज ढकाल)

यो नयाँ प्ल्याटफर्मको लागि धेरै धन्यवाद। नेपालमा खेल संस्कृतिको विकास भइसकेको छैन। हामी मिलेर गर्नुपर्छ। फुटबल विश्वकपमा पनि अरूका देशलाई आफ्नो देश मानेर हेर्नुपर्छ।

आफ्नो देश पनि विश्वकपमा पुगेको हेर्न पाइयोस्। अनि चितवन नै किन भन्दा, चितवन एक जिल्ला मात्र नभएर देशभरिका मनिसको प्रतिनिधित्व गर्ने ठाउँ हो। यो आफैंमा एक ब्राण्ड पनि हो।

पोखरा थन्डर्स (निराकार श्रेष्ठ)

लक्ष्मी ग्रुप पछिल्लो दशकदेखि खेलकुदमा जोडिन चाहन्छ। 

पोखरामा स्थापना भएको ग्रुप हो यो। हामी पोखरालाई प्रवद्र्धन गर्नका लागि क्लबको नाम नै पोखरा राखेका छौं।

बुटवल लुम्बिनी (राजकुमार तिमल्सिना) 

क्लबको प्रतिनिधित्व गर्दै सहभागी जनाउन पाएकोमा निकै गर्व लागेको छ। यो क्लबमा वित्तीय इन्स्योरेन्सको पनि प्रतिनिधित्व छ।

हामीले क्लब छान्ने क्रममा बुटवल जहाँ ठूलो रंगशाला रहेको र सो क्षेत्रमा फुटबलको आकर्षण बढ्दै गएकाले हामीले सो क्षेत्र रोजेका हौँ।

खेलको दौरानमा आयोजकका तर्फबाट निर्धारित गरिएको नियम अनुशासितरूपमा पालना गर्नेछौं। र, आयोजकलाई पूर्ण सहयोग गर्नेछौं।

धनगढी (सुवास शाही)

स्पोर्ट्सलाई शक्तिशाली उद्योगका रूपमा विकास गर्न जरुरी छ। 

हामी लामो समयदेखि क्रिकेटमा जोडिएका छौं। आज फुटबलमा पनि आइपुगेका छौं।

असम्भव केही पनि छैन। अझ आयोजक टिम निकै उत्कृष्ट छ। सफलताको शुभकामना दिन चाहन्छु। 

कसरी हुन्छ प्रतियोगिता ?

लिग फुटबल नै चर्चामा रहेको विश्व फुटबलमा फेन्चाइज प्रतियोगितालाई नयाँ फम्र्याटको रूपमा बुझिन्छ।

लिग भइरहँदा फुटबल खेलाडी अन्य क्लबमा जोडिने हुँदा फ्रेन्चाइजका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) विन्डो ओपन गर्ने भएको छ।

‘विन्डोका दौरान खेलाडी रिलिज गर्ने जिम्मेवारी एन्फाले लिनेछ,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, ‘प्रतियोगिताको सम्पूर्ण प्राविधिक क्षेत्रको जिम्मा एन्फाले लिने छ। निजी आयोजकको कार्यक्रम भए पनि एन्फाकै कार्यक्रम जसरी हामी गर्नेछौं।’

उद्योग क्षेत्रलाई पहिल्यैबाट फुटबलमा भित्र्याउनुपर्छ भन्ने सोचले आज यहाँसम्म पुगेको अध्यक्ष शेपाले बताए। 

उनले भने, ‘खेलाडीलाई व्यावसायिक बनाउनका लागि यो लिग निकै आवश्यक थियो। यो वर्ष एकै मैदानमा भए पनि अर्को वर्षदेखि होम एन्ड अवेको आधारमा लिग हुने छ।’

लिगमा सहभागी सात टिमले सिंगल राउन्ड रोबिन शैलीमा लिग चरण खेल्ने छन्। साथै शीर्षस्थानका दुई टिमले पहिलो क्वालिफायर खेल्ने छ। क्वालिफायरको विजेता फाइनलमा प्रवेश गर्ने छ।

त्यस्तै लिग चरणका तेस्रो र चौथो टिमले इलिमिनेट खेल्ने छ। इलिमिनेटरमा पराजित टिम बाहिरिने छ भने विजेता टिमले पहिलो क्वालिफायरको टिमसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ।

पहिलो र दोस्रो क्वालिफायरको विजेता टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। 

नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना हुन लागेको प्रतियोगिता आगामी वैशाख ११ बाट २५ गतेसम्म चल्ने छ। 

लिगमा २५ खेल हुनेछन्।

प्रकाशित: Mar 15, 2021| 03:34 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।