शुक्रबार, असार २६, २०८३

लमेलाको गोल जोगाउन नसक्दा टोटेनहमको हार

हेबिवेट टिम टोटेनहम हट्सपरले आइतबार रातिको खेलमा आर्सनलसँग हार बेहोरेको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं– हेबिवेट टिम टोटेनहम हट्सपरले आइतबार रातिको खेलमा आर्सनलसँग हार बेहोरेको छ। आर्सनलको मैदानमा सम्पन्न खेलमा टोटेनहमले घरेलु टिमसँगे २–१ गोलको हार बेहोरेको छ।

खेलको पहिलो हाफको ३३ औं मिनेटमै गोल गरेर एरिक लमेलाले पाहुना टिमका लागि सुरुआति अग्रता बनाएका थिए। तर पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै ओडेगार्ड टोटेनहमको अग्रता तोडेपछि दोस्रो हाफ बराबरीको अवस्थामा पुगेको थियो।

त्यस्तै, खेलको ६४ औं मिनेटमा अलेक्जेन्डर लकाजेटले पेनाल्टीमार्फत गोल गरेपछि आर्सनलले अग्रता बनाएको थियो।

७६ औं मिनेटमा रातो कार्ड खाँदै लमेला बाहिरिएपछि टोटेनहम थप दबाबमा आयो। त्यसपछि दुवै टोलीबाट गोल सम्भव नहुँदा आर्सनलले जित निकाल्यो।

यो जितसँगै ४१ अंक बनाएको आर्सनल तालिकाको १० औं स्थानमा छ। पराजित टोटेनहम ४५ अंकका साथ सातौं स्थानमा छ।
 

प्रकाशित: Mar 15, 2021| 02:17 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।