शुक्रबार, असार २६, २०८३

घरेलु मैदानमा पीएसजीको पराजय

लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति सम्पन्न खेलमा हार बेहोरेको छ।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – लिग वानको डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति सम्पन्न खेलमा हार बेहोरेको छ।

पीएसजीकै पार्क डेस प्रिन्सेस मैदानमा सम्पन्न खेलमा रेलिगेसन जोनमा रहेको नान्टेससँग पीएसजी पराजित भएको हो।

पीएसजीका लागि जुलियन ड्राक्जलरले पहिलो हाफमा गोल गरे पनि जितका लागि पर्याप्त रहेन। दोस्रो हाफको ५९ औं मिनेटमा गोल गर्दै नान्टेसका रन्डद कोलोले खेललाई बराबरी बनाए।

त्यस्तै खेलको ७१ औ मिनेटमा नान्टेसकै मोसेस सिमनले गोल गरेपछि भने पीएसजी २–१ गोलले पराजित भयो।

यो हारसँगै पीएसजीले शीर्षस्थानको लिल्लसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ। शीर्षस्थानको लिल्लको ६३ अंक छ भने पीएसजीको ६० अंक छ।
 

प्रकाशित: Mar 15, 2021| 01:31 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।