आइतबार, चैत १, २०८२

प्रिन्स र अनुमायाले जिते साईनो मेयर कपको उपाधि

प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन्।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं- प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन्।

National life

पुरुष एकलतर्फ दाहाल र एपिएफका दिपेश धामीबीच उपाधिका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे।
यससँगै प्रिन्सले चितवनमा भएको पछिल्लो प्रतियोगिताको फाइनलमा बेहोरेको हारको बदलासमेत लिएका छन्।

प्रतियोगितामा बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे।

यस्तै तेस्रो स्थानमा रहेका पुलिस क्लबका विष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०–१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे। 

क्वार्टरफाइनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङले नगद ५–५ हजार प्राप्त गरे।

Laxmi sunrise bank
kumari

आइतबार साङ्लास्थित साईनोको कभर्डहलमा भएको महिला एकलतर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई सोझो सेटमा पराजित गर्दै राईले उपाधि हात पारिन्।

राईले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन्। यस्तै उपबिजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरिन्।

तेस्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे।

साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले उपाधि उचाले।

बिजयी जोडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी बिजयी भयो। बिजयी खेलाडीहरुले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले ट्रफी उचाले।
पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितिज खनाल र अमन महर्जनको जोडीले बाजी मार्‍यो।

पाँच दिन सम्म संचालन भएको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय वरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ वर्षमाथि) बी र सी लेबल गरी कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको लागत १५ लाख थियो।

प्रकाशित: Mar 14, 2021| 12:51 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।