शुक्रबार, असार २६, २०८३

टेनिस विजेता वडाले ५० हजार पाउने

चैत २ गतेबाट काठमाडौंमा हुने देशव्यापी अन्तर वडा टेबल टेनिस विजेताले ५० हजार रुपैयाँ पाउने भएका छन्। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं– चैत २ गतेबाट काठमाडौंमा हुने देशव्यापी अन्तर वडा टेबल टेनिस विजेताले ५० हजार रुपैयाँ पाउने भएका छन्। 

आयोजक स्पिन इभेन्ट्सले आज पत्रकार सम्मेलन गर्दै पुरस्कारबारे जानकारी दिएको हो।

भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजन रहेको टेनिस प्रतियोगितामा देशभरका २६ पुरुष र आठ महिला टिम सहभागी हुनेछन्।

पुरुषतर्फ ४३३ खेलाडी सहभागी र महिलातर्फ ९० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

६ विधामा हुने प्रतिस्पर्धाको पुरुष÷महिला एकलतर्फ विजेता, उपविजेता र सेमीफाइनलिस्टले क्रमशः ३० हजार,  १५ हजार र सात हजार ५०० रुपैयाँ पाउने छन्।

त्यस्तै भेटरान सिंगल्सतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले १० हजार, पाँच हजार र दुई हजार पाँच सय पाउने छन्।

प्रतियोगितामा धेरै स्वर्ण जित्ने वडाले ५० हजार पाउने छ।
 

प्रकाशित: Mar 14, 2021| 11:11 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।