शुक्रबार, असार २६, २०८३

एक वर्ष स्थगित भएको एन्फा प्रेसिडेन्ट लिग भोलिबाट

बाँकेमा पहिलोपटक हुन लागेको एन्फा प्रेसिडेन्ट लिग–२०७७ भोलि सोमबारदेखि सुरु हुँदैछ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

नेपालगन्ज– बाँकेमा पहिलोपटक हुन लागेको एन्फा प्रेसिडेन्ट लिग–२०७७ भोलि सोमबारदेखि सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले आज पत्रकार सम्मेलन गर्दै नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताबारे जानकारी गराएको हो।

‘एन्फाले नेपाली फुटबलको इतिहासमा पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको हो,’ एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले भने, ‘मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ को आयोजना गर्न लागिएको हो।’ 

सहिद स्मारक लिग नभइरहेको अवस्थामा मोफसलको फुटबलले नै राष्ट्रिय फुटबल धानिरहेको अवस्थामा आयोजना गरिएको लिगको तयारी पूरा भएको एन्फाले जनाएको छ। प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले गर्ने कार्यक्रम छ। 

प्रेसिडेन्ट लिगमा सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सैनिक फुटबल क्लब, मनकामना युवा क्लब, धादिङ समाज, त्रिवेणी क्लब, धम्बोझी स्पोर्टस् क्लब, लेकाली युवा क्लब, स्टार सिटी युवा क्लब सहभागी हुने भएका छन्। 

प्रेसिडेन्ट लिगका शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन्। चैत १५ गते समापन हुने लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतियोगितामा विधागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन्। साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन्।

कोरोना महामारीका कारण प्रभावित बनेपछि एन्फा प्रेसिडेन्ट लिग एक वर्ष पछि सरेको हो। लिगको पहिलो खेलमा मनकामनाले स्टार सिटीसँग खेल्ने छ। त्यस्तै चैत १५ गते हुने अन्तिम खेलमा स्टार सिटीले त्रिवेणीसँग खेल्नेछ।

गत वर्ष प्रेसिडेन्ट लिग नहुने सम्भावना बढेपछि एन्फाले राष्ट्रिय लिग नयाँ क्यालेन्डरमा राखेको थिएन। तर, एन्फाले प्रेसिडेन्ट लिग गरेपछि राष्ट्रिय लिग पनि गर्ने भएको हो। राष्ट्रिय लिगमा ए डिभिजन लिगको शीर्षस्थानमा रहेका ६ टिम र प्रेसिडेन्ट लिगका चार गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Mar 14, 2021| 07:28 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।