शुक्रबार, असार २६, २०८३

सिटीको जितमा अग्युरोले १४ महिनापछि गरे गोल

अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले १४ महिनापछि प्रिमियर लिगमा गोल गरेका छन्। 
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं – अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले १४ महिनापछि प्रिमियर लिगमा गोल गरेका छन्। 

शनिबार राति सम्पन्न खेलमा उनले गोल गरेसँगै लिगलिडर म्यानचेस्टर सिटीले फुलहामको मैदानमा घरेलु टिमविरुद्ध ३–० गोलको जित निकालेको हो।

अग्युरोको गोलअघि नै सिटीका लागि जोन स्टोइनिस र ग्याब्रियल जिससले समान १–१ गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४७ औं मिनेटमा गोल गर्दै दोस्रो हाफमा स्टोइनिसले सिटीलाई अग्रता दिलाए। क्यानन्सेलोले दिएको पासलाई उनले फुलहामको पोस्टमा छिराएका थिए।

त्यस्तै, खेलको ५६ औं मिनेटमा जिससले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यता चोटका कारण लामो समय मैदानबाहिर बसेका सर्जियो अग्युरोले २०२० को जनवरीयता पहिलो गोल गरेका छन्।

अग्युरोको गोलसँगै ३–० गोलको जित निकालेको प्रशिक्षक पेप ग्वार्डिओलाको टिमले १७ अंकको अग्रतासँगै लिग लिड गरिरहेको छ। सिटीको ७१ अंक छ भने दोस्रोस्थानको युनाइटेडको ५४ अंक छ।

पराजित फुलहाम रेलिगेशन जोनको शीर्षस्थानमा छ।
 

प्रकाशित: Mar 14, 2021| 00:53 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।