शुक्रबार, असार २६, २०८३

ला लिगामा रियलको जित, बराबरीमा रोकियो एथ्लेटिको

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पुनरागमन जित निकालेको छ।
 |  आइतबार, चैत १, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०७७

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पुनरागमन जित निकालेको छ।

रियलको अल्फ्रेदो डी स्टेफानो रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पाहुना टिम एल्चेलाई २–१ गोलले हराएको हो।

पहिलो हाफमा गोलरहित बराबरी भएपछि खेलको ६१ औं मिनेटमा गोल गर्दै एल्चेका डानी क्याल्वोले पाहुना टिमलाई अग्रता दिलाएका थिए।

यससँगै थप प्रतिस्पर्धात्मक बनेको खेलको ७३ औं मिनेटमा करिम बेञ्जेमाले गोल गर्दै रियललाई हारबाट जोगाए।

उनले हारबाट मात्र जोगाएनन् बरु इन्ज्युरी समयमा थप एक गोल गर्दै घरेलु टिमलाई जित दिलाए।

यो जितसँगै २७ खेलबाट रियलले ५७ अंक जोड्दै शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा ६ अंक पछि छ।

शीर्षस्थानको एथ्लेटिकोले गएरातिको खेलमा गेटाफेसँग गोलरहित बराबरी खेल्दै एक अंक थप गरेको थियो।

गोलका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा एथ्लेटिको र गेटाफे दुवै टिमले जित निकाल्न सकेनन्।
 

प्रकाशित: Mar 14, 2021| 00:47 आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।