शुक्रबार, असार २६, २०८३

२०१७ यता लगातार ३ खेलमा क्लिन सिट राख्दै चेल्सीको बराबरी

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज शनिबार साँझ सम्पन्न खेलमा चेल्सी बराबरीमा रोकिएको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज शनिबार साँझ सम्पन्न खेलमा चेल्सी बराबरीमा रोकिएको छ।

लिड्स युनाइटेडको इल्यान्ड रोड रंगशालामा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमसँगै गोलरहित बराबरी खेलेको हो। यो बराबरीसँगै शीर्ष चारमा रहेको चेल्सीले थप दुई अंक गुमाएको छ।

उसले खेल अवधिभर १५ प्रहार गरे पनि पोस्ट क्षेत्रमा आठ प्रहार गरेको थियो। त्यसमध्ये कुनै प्रहारको बलले लिड्सको नेट चुम्न सकेन।

यता लिड्सले प्रहार गरेको चार सुट पनि गोलमा परिणत हुन सकेन। यससँगै दुवै टिमले १–१ अंक बाँडे।

यो बराबरीसँगै चेल्सीको प्रशिक्षक थोमस टुचेल १० खेलसम्म अपराजित छन्। उनले हेड कोचको जिम्मेवारी सम्हालेयता हार बेहोरेका छैनन्। माओरिजियो सारीको प्रशिक्षणमा २०१८ यता यो चेल्सीको सबैभन्दा लामो अपराजित यात्रा हो।

सारीको प्रशिक्षणमा रहेको टिम लगातार १२ खेलसम्म अपराजित थियो। अहिले टुचेलले फ्रांक लाम्पार्डको नौ खेलको अपराजित यात्रालाई पछि छोडेका छन्।

त्यस्तै, उसले २०१७ यता लगातार तीन खेलमा क्लिन सिट राखेको छ।
 
 

प्रकाशित: Mar 13, 2021| 15:03 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।