शुक्रबार, असार २६, २०८३

पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमीले हात पारेको छ।

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १०७ रनले हराएर ग्रेट हिमालय क्रिकेटले छैटौं संस्करणको उपाधि हात पारेको हो।

टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा १० विकेट गुमाउदै २२० रनको विशाल लक्ष्य प्रस्तुत गर्यो।
उसको लागि हेमन्त श्रीवास्तवले १०६ रनको शतकीय इनिङ्स खेले। यस्तै अशोक पौडेलले ३६ रन बनाए।

एन्जल्सको लागि श्याम त्रिपाठीले ४ तथा विपिन न्यौपानेले ३ विकेट लिए।

ग्रेट हिमालयले दिएको २२१ रनको विशाल लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एन्जल्स १७ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो।

उसको लागि दिनेश पुनले सर्बाधिक २१ रन बनाए। यस्तै विवेक न्यौपानेले १७ रन मात्रै बनाए। ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए।

प्रकाशित: Mar 13, 2021| 14:18 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।