शुक्रबार, असार २६, २०८३

पिन्केक सिलातमा लुम्बिनी च्याम्पियन

लुम्बिनी प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडा- लुम्बिनी प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा लुम्बिनी ५ स्वर्ण, ५ रजत १ कांस्यका साथ च्याम्पियन बनेको हो।

आयोजक बर्दिया ५ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो। १ स्वर्ण, १ रजत र २ कांस्य जितेको सुदूरपश्चिमले प्रदेशले तेस्रो स्थानमा चित्त बुझायो।

८२ खेलाडी सहभागी प्रतियोगिताको पुरुषतर्फ मदन बस्नेत र महिलातर्फ एन्जिला ऐडी उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्ट दुवै खेलाडी लुम्बिनीका हुन्।

बारबर्दिया नगरपालिकाको धामपुरमा भएको प्रतियोगताको पुरुष ४५ केजीमा लुम्बिनीका मदन बस्नेतले स्वर्ण जिते।

५० केजीमा सुदूरपश्चिमका राजन बानियाँले लुम्बिनीका रत्न सहकारीलाई हराउदै पहिलो स्थान हात पारे। ५५ केजीमा लुम्बिनीका हरिभक्त तामाङ पहिलो भए भने ६० केजीमा आयोजकका नवीन नेपालले शीर्ष स्थान हात पारे।

त्यस्तै उपाधि भिडन्तको महिला ४० केजीमा आयोजककी लजु चौधरी, ४५ केजीमा आयोजककी रितु चाधर, ५० केजीमा लुम्बिनीकी संगिना रावत तथा ५५ केजीमा लुम्बिनीकी आचल बुढा मगरले स्वर्ण जिते।

त्यसअघि टुंगल (काता) को पुरुषमा आयोजकका गोविन्द चौधरी र महिलामा आयोजककै लजु चौधरी पहिलो भएका थिए।

प्रकाशित: Mar 13, 2021| 14:10 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।