शुक्रबार, असार २६, २०८३

मेयर कपको उत्कृष्ट बलर एरियो, बेस्ट ब्याट्स्मेन विनोद

आज (शनिबार) सम्पन्न मेयस कपको उत्कृष्ट बलरको अवार्ड बागमती प्रदेशका एरियो पौडेलले जितका छन्। उनले प्रतियोगिताभर १३ विकेट लिएका थिए।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- आज (शनिबार) सम्पन्न मेयस कपको उत्कृष्ट बलरको अवार्ड बागमती प्रदेशका एरियो पौडेलले जितका छन्।
उनले प्रतियोगिताभर १३ विकेट लिएका थिए।

बागमती प्रदेशका १९ वर्षे पौडेलले पहिलो खेलमा पुलिसविरुद्ध मात्र चार रन खर्चिएर चार विकेट गिराएका थिए।

प्रतियाेगिताको दोस्रो खेलमा काठमाडौं मेयरको दुई विकेट लिए। तेस्रो खेलमा दुई विकेट लिँदै २७ रन लिएका पौडेलले लिग चरणको अन्तिम खेलमा पुलिसको पाँच विकेट गिराएका थिए।

यससँगै उनी आज सम्पन्न प्रतियोगिताको बेस्ट बलर बने। उनले बागमती प्रदेशबाट सम्पन्न प्रधानमन्त्री कपमा पनि खेलेका थिए।

लिग चरणबाटै बाहिरिएको आर्मी क्लबका कप्तान विनोद भण्डारी प्रतियोगिताको बेस्ट ब्याट्स्मेन बनेका छन्। उनले सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ४२, दोस्रो खेलमा अविजित २० र तेस्रो खेलमा तीन रन जोडेका थिए।

तर अन्तिम खेलमा बिस्फोटक ब्याटिङ गरेका उनले ११४ बलमा ११९ रन हिर्काए। यससँगै उनले प्रतियोगिताभर सर्वाधिक १८४ बटुले।
उत्कृष्ट बलर पौडेल र ब्याट्स्मेन भण्डारीले समान २५-२५ नगर पुरस्कार पाए।

प्रकाशित: Mar 13, 2021| 12:02 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।