बिहीबार, असोज ८, २०८३

अभिनेत्रीले अवार्ड समारोहको स्टेजमै कपडा खोलेपछि ...

फ्रान्समा एक अभिनेत्रीले पुरस्कार वितरण समारोहको स्टेजमै आफूले लगाएको कपडा खोलेकी छन्।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं– फ्रान्समा एक अभिनेत्रीले पुरस्कार वितरण समारोहको स्टेजमै आफूले लगाएको कपडा खोलेकी छन्। सरकारलाई दबाब दिन आफूले यस्तो काम गरेको उनले बताएकी छन्।

कोरोना महामारीको समयमा आफ्नो कला–संस्कृति बचाउन सरकारले केही नगरको भन्दै उनले स्टेजमै कपडा खोलेर विरोध जनाएकी हुन्। 

५७ वर्षीया अभिनेत्री कोरेन मासिरोले सीजर अवार्ड समारोहमा यस्तो हर्कत गरेको बीबीसीले जनाएको छ। सीजर अवार्डलाई फ्रान्समा ओस्कर अवार्डजत्तिकै प्रतिष्ठित दर्जा दिइन्छ। 

अवार्ड समारोहको स्टेजमा मासिरो गधाको कपडा ओढेर पुगेकी थिइन्। शरीरको तल्लो भागमा भने रगत लतपतिएको जस्तो देखिने कपडा लगाएकी थिइन्।

स्टेजमा पुगेपछि उनले दुवै कपडा खोलेर फ्याँकी दिइन्।  फ्रान्सकमा सिनेमा हलहरु बन्द भएको ३ महिनाभन्दा बढी भइसकेको छ र सरकारको यो निर्णयबाट कलाकारहरु बेखुस छन्। 

सीजर अवार्ड समारोहमा आयोजकले अभिनेत्री मासिरोलाई  ‘बेस्ट कस्ट्युम’ को अवार्ड दिन स्टेजमा बोलाएका थिए। तर, आफ्नै कस्ट्युम उतारेर उनले सबैलाई चकित पारिदिइन्। 

उनले आफ्नो शरीरमा ‘संस्कृत छैन त भविष्य पनि छैन’ लेखेकी थिइन्। उनको ढाडमा लेखिएको सन्देश थियो– हाम्रो कला फिर्ता गरिदेऊ जिएन। जिएन कास्टेक्स फ्रान्सका प्रधानमन्त्री हुन्।  

प्रकाशित: Mar 13, 2021| 09:32 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।