आइतबार, चैत १, २०८२

पुलिसले जित्यो मेयर कपको उपाधि

विभागीय डर्बी एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एक दिवसीय क्रिकेटको उपाधि जितेको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं - विभागीय डर्बी एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एक दिवसीय क्रिकेटको उपाधि जितेको छ।

National life

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो।

गत वर्षको प्रधानमन्त्री कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि जितेयता पुलिसले अन्य उपाधि जितेको छैन।

भर्खरै सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको एपीएफ पुलिसका बलरसामु २९ ओभर चार बलमा मात्र टिक्दै १०५ रन बनाएको थियो। 

दोस्रो इनिङमा ब्याट सम्हालेको पुलिसले २४ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। 

Laxmi sunrise bank
kumari

टस जितेर ब्याटिङ रोजेको एपीएफले कमजोर सुरुआत गर्दै तेस्रो ओभरको पहिलो बलमा तेस्रो विकेटको रूपमा कप्तान सरद भेषावकरलाई गुमाएको थियो।

१० रन बनाएको अवस्थामा कप्तान गुमाएपछि एपीएफका भुवन कार्की र सन्दीप जोराले ३२ रनको साझेदारी गरे।

कार्की १४ रन बनाउँदै पेवेलियन फर्किए भने जोराले १८ रन बनाए। 

त्यस्तै वसन्त रेग्मीले २२ रन र अमर रौटेलाले १८ रनको योगदान दिए।

एपीएफका आशिफ शेख र कप्तान भेषावकरले रन जोड्न सकेनन्। 

कप्तान भेषावकरलाई पेवेलियन पठाएका गुल्सन झाले थप तीन विकेट लिए भने सागर ढकालले पनि समान चार विकेट गिराए।

एक विकेट लिनेमा पवन सर्राफ र ललित राजवंशी रहे। पाँच ओभर बलिङ गरेका राजवंशीले दुईको इकोनोमी प्रदान गरे।

जवाफी ब्याटिङमा आएका पुलिसका ओपनर सुनिल धमला र कुशल भुर्तेलले ३३ रनको साझेदारी गरे।

भुर्तेलले १५ रन बनाए भने समान १५ रन बनाएका अनिल शाहले धमलासँग ३५ रनको साभेदारी गरे।

पुलिसको जितका लागि धमलाले ५९ रनको अर्धशतकीय पारी खेले। उनले ८२ बलमा दुई छक्का र सात चौकासहित सो रन बनाएका थिए।

पराजित एपीएफ यसअघि सम्पन्न प्रधामन्त्री कपको फाइनलमा पनि त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। तर, मेयर कपको लिग चरणमा तीन जित र एकमात्र हार बेहोर्दै फाइनल पुगेको थियो। 

यता प्रधामन्त्री कपको सेमिफाइनलमै चित्त बुझाएको पुलिसले पनि लिगमा तीन जित र एक हारका साथ फाइनल पुगेको थियो। 

फाइनलमा जित निकाल्दै पुलिसले पाँच लाख रूपैयाँ पाएको छ। उपविजेता एपीएफले तीन लाख पाएको छ।

काठमाडौं मेयर कपको आयोजनाका लागि काठमाडौं महानगरपालिकाले ५० लाख प्रदान गरेको थियो। 

क्यानको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रकाशित: Mar 13, 2021| 08:34 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।