शुक्रबार, असार २६, २०८३

तीन दिन खुम्चियो आहा रारा गोल्डकप

साहारा क्लब पोखराले होमटाउनमा आयोजना गर्दै आएको आहा रारा गोल्डकपको मिति परिवर्तन भएकाे छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं – साहारा क्लब पोखराले होमटाउनमा आयोजना गर्दै आएको आहा रारा गोल्डकपको मिति परिवर्तन भएकाे छ।

आउँदो चैतको १७ गतेबाट २७ गतेसम्म आयोजना गर्ने सुरुआती तालिका रहेको प्रतियोगिता अब चैत २१ गतेबाट २८ गतेसम्म हुने छ।

पुरानो तालिकाअनुसार प्रतियोगिता ११ दिन सञ्चालन भए पनि अब आठ दिनमात्र सञ्चालन हुन लागेको हो। 

आयोजक क्लबले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गरेको हो।

प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, एपीएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन र आयोजक सहारा क्लब सहभागी छन्।

प्रतियोगिताको विजेताले १० लाख एक हजार, दोस्रो हुनेले पाँच लाख एक हजार रूपैयाँ जित्ने छन्। 

आयोजकका अनुसार प्रतियोगिताको आम्दानी एक करोड २९ लाख एक हजार छ। प्रतियोगितामा एक करोड एक लाख ८१ हजार खर्च हुने छ।
 

प्रकाशित: Mar 13, 2021| 07:21 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।