शुक्रबार, असार २६, २०८३

मेयर कप फाइनल : उपाधि जोगाउन पुलिसले पायो १०६ रनको लक्ष्य

काठमाडौं मेयर कप उपाधिका लागि त्रिवि मैदानमा प्रतिस्पर्धा गरिरहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं – काठमाडौं मेयर कप उपाधिका लागि त्रिवि मैदानमा प्रतिस्पर्धा गरिरहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पुलिसका बलरसामु एपीएफका सबै खेलाडी २९ ओभर चार बलमा मात्र टिक्न सके। सो अवधिमा एपीएफले १०५ रन बनाएपछि पुलिसले कमजोर लक्ष्य पाएको हो।

टस जितेर ब्याटिङ रोजेको एपीएफले कमजोर सुरुआत गर्दै तेस्रो ओभरको पहिलो बलमा तेस्रो विकेटको रूपमा कप्तान सरद भेषावकरलाई गुमाएको थियो।

१० रन मात्र बनाएको अवस्थामा कप्तान गुमाएपछि एपीएफका भुवन कार्की र सन्दीप जोराले ३२ रनको साझेदारी गरे।

कार्की १४ रन बनाउँदै पेवेलियन फर्किए भने जोराले १८ रन बनाए। त्यस्तै वसन्त रेग्मीले २२ रन बनाए भने अमर रौटेलाले १८ रनको योगदान दिए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

आशिफ शेख र कप्तान भेषावकरले रन जोड्न सकेनन्। 

प्तान भेषावकरलाई पेवेलियन पठाएका गुल्सन झाले थप तीन विकेट लिए। सागर ढकालले पनि समान चार विकेट गिराए।

एक विकेट लिनेमा पवन सर्राफ र ललित राजवंशी रहे। पाँच ओभर बलिङ गरेका राजवंशीले दुईको इकोनोमी प्रदान गरे।

एपीएफ यसअघि सम्पन्न प्रधामन्त्री कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। तर, मेयर कपमा तीन जित र एकमात्र हार बेहोर्दै फाइनल पुगेको हो।

यता प्रधामन्त्री कपको सेमिफाइनलमै चित्त बुझाएको पुलिसले पनि लिगमा तीन जित र एक हारका साथ फाइनल पुगेको हो।

प्रतियोगिताको विजेताले पाँच लाख पाउने छ भने उपविजेताले तीन लाख पाउनेछ। त्यस्तै म्यान अफ दी सिरिजले ५० हजार, बेस्ट बलर र बेस्ट ब्याट्स्मेनले समान २५र२५ हजार र हरेक पटकको म्यान अफ दी म्याच बनेका खेलाडीले पाँच हजार रुपैयाँ पाउनेछन्।
 

प्रकाशित: Mar 13, 2021| 06:19 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।