काठमाडौं – मेयर कप उपाधिका लागि भिड्न तयार रहेका नेपाल पुलिस क्लब र एपीएफबीच खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिविको मैदानमा भइरहेको खेलमा एपीएफले टस जितेर ब्याटिङ रोजेको छ।
एपीएफ यसअघि सम्पन्न प्रधामन्त्री कपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। तर, उसले जारी सिजनको लिग चरणमा एपीएफलाई पराजित गरेको छ।
प्रधानमन्त्री कपको सेमिफाइनलमै चित्त बुझाएको पुलिसले लिगमा तीन खेलमा जित निकाल्दै फाइनल पुगेको हो।
एपीएफका कप्तान सदर भेषावकरका अनुसार आज २४० देखि २६० को बीचमा स्कोर बन्नेछ।
प्रतियोगिताको विजेताले पाँच लाख पाउने छ भने उपविजेताले तीन लाख पाउनेछ। त्यस्तै म्यान अफ दि सिरिज ५० हजार, बेस्ट बलर र बेस्ट ब्याट्स्मेनलाई समान २५÷२५ हजार र हरेक पटकको म्यान अफ दी म्याच बनेका खेलाडीले पाँच हजार रुपैयाँ पाउनेछन्।