आइतबार, चैत १, २०८२

मेयर कप फाइनल : बलिङमा भन्दा ब्याटिङमा जोड, बन्ला २५० रन ?

पाँच टिम सम्मिलित काठमाडौं मेयर कपअन्तर्गत लिग चरणमा ३–३ खेल जितेर १–१ खेलमा हार बेहोरेका विभागीय डर्बी एपीएफ र पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– पाँच टिम सम्मिलित काठमाडौं मेयर कपअन्तर्गत लिग चरणमा ३–३ खेल जितेर १–१ खेलमा हार बेहोरेका विभागीय डर्बी एपीएफ र पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन्।

National life

त्रिवि त्रिकेट मैदानमा भोलि (शनिबार) हुने खेलमा दुवै टिमको लक्ष्य यो वर्षको पहिलो उपाधि जित्ने हुनेछ। एपीएफले यसअघि सम्पन्न प्रधानमन्त्री कपको फाइनल खेलिसकेको छ।

उपाधि हात नलागेपछि उसले लिग चरणमा जस्तै भोलि पनि पुलिसलाई हराएर उपाधि जित्न चाहन्छ। ‘खेल हो, खेलमा भनेजस्तो नहुन पनि सक्छ। लिग चरणमा हामीले पुलिसलाई हराएका थियौँ। तर त्यसो भनेर हौसिने ठाउँ छैन,’ एपीएफका कप्तान शरद भेषावकर भन्छन्, ‘भोलि एउटा नयाँ खेलजसरी खेल्नेछौं।’

कप्तान भेषावकरका अनुसार टिम फर्ममा छ। हिजो काठमाडौंविरुद्धको खेल नकआउट म्याच जस्तो थियो। त्यो गेममा पुनरागमन जित निकालेपछि टिमको आत्मविश्वास बढेको छ।

उनले भने, ‘त्यसैले प्रतियोगिता जित्नका लागि भोलि एकमात्र स्टेप बाँकी छ। पूरा क्षमता लगाएर त्यसलाई आफ्नो नाममा गर्नेछौं।’
लिगमा पुलिसलाई हराउनु मात्र एपीएफको आत्मविश्वासको पाटो भने होइन। उसको लगातार राम्रो प्रदर्शनले टिम बलियो भएको प्रमाणित गर्नेछ।

Laxmi sunrise bank
kumari

यसबीच पुलिस कमजोर भन्न चाहिँ मिल्दैन। ‘हाम्रो तयारी राम्रो छ। दोस्रो खेल हारे पनि त्यसयता जित निकालिरहेका छौं। त्यसैले पनि प्रमाणित गर्छ नि !’ पुलिसका कप्तान मनजित श्रेष्ठ भन्छन्, ‘खेलाडी उत्साहित छन्। विश्वास छ। आँट गरे सकिने रहेछ भन्ने भावना पैदा भएको छ। आत्मविश्वास निकै छ।’

पुलिसले प्रधामन्त्री कपको सेमिफाइनलमै चित्त बुझाएको थियो। साथै जारी प्रतियोगिता सुरु हुँदै गर्दा पनि पुलिसलाई फाइनलिस्ट टिम भनेर सोचिएको थिएन।

तर, उसले एपीएफबाहेक सबै क्लबलाई हराएर आफ्नो क्षमता प्रदर्शन गर्यो। ‘हाम्रो जति पनि आक्रोश छ, मैदानमै देखाउँछौं। बोलेर भन्दा गरेर देखाउने तयारी छ,’ कप्तान श्रेष्ठ भन्छन्।

यता एपीएफ चाहिँ आफ्नो ब्याड गेम सकिएको विश्वास गर्छ। ‘लिग चरणमा एउटा नराम्रो गेम भइसक्यो। त्यो हारसँगै हाम्रो ब्याड गेम टरेको छ,’ कप्तान भेषावकर भन्छन्, ‘पीएम कपमा त्यस्तो खराब खेल फाइनलमा भएको थियो अहिले लिगमै भयो।’

पछिल्लो फाइनलमा हार बेहोरे पनि जित्नैपर्ने दबाब नरहेको भेषावकर बताउँछन्। ‘एघार जनाले खेल्ने हो। सबैको सहयोग भएर लिग जित्ने हो। अघिका खेलमा पनि त्यस्तै भएको थियो। अब पनि त्यस्तै हुन्छ,’ उनले भने।

घरेलु क्रिकेटमा पटक पटक फाइनल पुगेर एपीएफले जित्न पाएको छैन। तर भोलि त्यो यात्रा तोडिने भेषावकरको विश्वास छ।

पुलिसको नर्मल खेल्ने सोच

‘हाम्रो सिद्धान्त भनेकै नर्मल खेल्ने हो,’ पुलिसका कप्तान श्रेष्ठ भन्छन्। उनका अनुसार एपीएफ राम्रो टिम हो र बलियो टिमसँग खेल्दा बलियै रणनीतिका साथ उत्रिनु उत्तम हुन्छ। त्यही अनुसारको योजना बनाउने उनको योजना छ। ‘बाँकी सबै  कुरा मैदानमा देखिनेछ,’ उनले भने, ‘भोलि पनि पुरानै शैलि देखिन्छ।’

केही खेलाडी घाइते भएको पीएफको कमजोर क्षेत्रमा प्रहार गर्ने भन्दा पनि बलियो खेल देखाउने सोच रहेको कप्तान श्रेष्ठ बताउँछन्। एपीएफका दुई चारजना खेलाडी घाइते भए पनि लामो अनुभवका कारण खेल बलियो देखिने श्रेष्ठको तर्क छ।

स्पिनको कमजोर प्रभाव

लिग चरणका खेलमा स्पिन बलले निकै तहल्का मच्चाएको थियो। एक खेलमा आर्मीका साहब आलमले एक्लै सात विकेट गिराएका थिए। त्यस्तै पुलिसका सागर ढकालले पनि पाँच विकेट लिएका थिए।

तर फाइनल खेलमा स्पिनको प्रभाव ठूलो नरहेको दुवै टिमका कप्तानको विश्वास छ। ‘नेपाली ब्याट्समेन स्पिन बलरदेखि हच्किने गरेका छन्। त्यसैले स्पिन बल प्रभावशाली देखिएको छ। तर त्रिविको मैदानमा ब्याटिङ विकेट छ। हामी स्पिन बलिङमा फोकस गर्नेछौं तर त्यो सबै सामान्य हो,’ पुलिसका कप्तान श्रेष्ठ भन्छन्।

भेषावकरको विचार पनि श्रेष्ठसँग मिल्दोजुल्दो छ। ‘मूलपानीको पिचमा स्पिन बलको प्रभाव धेरै हुन्छ। तर त्रिविमा पेस बलर स्पिनर्स दुवैको भूमिका उस्तै हुन्छ। यहाँ लो स्कोरिङ खेल भएको छैन। जसले ब्याटिङ राम्रो गर्छ त्यसैले जित्छ जस्तो लागेको छ,’ उनले भने।

बलिङमा भन्दा ब्याटिङमा जोड, २५० रनको फाइनल

‘फाइनलमा २४० देखि २५० रन जति बन्छ होला,’ भोलिको फाइनललाई लिएर एपीएफका कप्तान भेषावकरको अड्कल छ। घरेलु लिगमा त्यो प्रतिस्पर्धात्मक स्कोर हो। पहिलो इनिङमा २५० रन बन्यो भने लिगमा जसरी खेल भएका थिए, त्यही शैलिमा फाइनल रहने भेषावकर बताउँछन्।

लिगमा जस्तै एपीएफले टप अर्डरदेखि मिडल अर्डरबाटै खेल सक्ने योजना बनाएको छ। र योजनाले काम पनि गरेको भेषावकरको भनाइ छ। उनले भने, ‘गेमलाई कसरी आफूसँगै लिएर जाने भन्ने सबै खेलाडीलाई ज्ञान भएकाले भोलिको खेलमा साह्रो पर्ने देखिँदैन। हामी भोलि विकेट हातमा राखेर खेल्नेछौं।’

उनले थपे, ‘हाम्रो टप अर्डरदेखि मिडिल अर्डर सबैले खेल सक्ने क्षमता हामीसँग छ। एक खेल बाहेक त्यो देखिएको पनि छ नि !’

मानसिकता पुलिसका खेलाडीमा पनि उस्तै छ। ‘अहिले ठूलो स्कोर देखिन थालेको छ। यहि प्रतियोगितामा पनि तीन सेन्चुरी देखिएकै छन्। त्यसैले खेल कसरी लाने भन्ने पुलिसका खेलाडीलाई थाहा छ,’ पुलिसका कप्तान श्रेष्ठ भन्छन्।

उनले थपे, ‘हामीले खेलाडीलाई यही उदाहरण दिएर प्रेरणा दिइरका छौं। भोलिको खेलमा हाम्रो सोचाइ बलिङभन्दा धेरै ब्याटिङमा रहनेछ। बलिङमा हामीले राम्रा गरेकै छ नि !’

साथसाथै इन्ज्युरी

एपीएफका केही खेलाडीमा फिटनेसको समस्या सुरुदेखि नै छ। ‘जसोतसो म्यानेज गरेर खेलिरहेका छौं। इज्युर्ड भए पनि केही खेलाडीले साहस देखाएर खेलिरहेका छन्,’ शरदले भने।

तर भवनात्मक रुपमा एपीएफ घायल भइसकेको छैन। सबै खेलाडीमा विजेताकै उत्साह रहेको भेषावकर बताउँछन्। ‘अब एउटामात्र खेल बाँकी छ र अर्को प्रतियोगिता कहिले हुने हो टुंगो छैन। त्यो नै सबै कुराको प्रोत्साहन हो,’ उनले भने, ‘यसकारण सबै खेलाडीले सयमा सय नै दिएर खेल्छन्।’

प्रकाशित: Mar 12, 2021| 13:17 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।