शुक्रबार, असार २६, २०८३

साईनो मेयर कप ब्याडमिन्टन : दिपेश र विष्णु अन्तिम आठमा

एपिएफका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको अन्तिम आठमा पुगेका छन्।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- एपिएफका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको अन्तिम आठमा पुगेका छन्।

शुक्रबार सम्पन्न खेलमा दिपेशले सेनाका सन्तोषले पनेरुलाई २१–१४, २१–१२ को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे।

प्रतियोगितामा दोस्रो वरियता पाएका विष्णुले प्रतिद्वन्द्वी सेनाका डेभिड थापामाथि २३–२५, २१–१९, २१–१७ को कठिन जित निकाले।

यसैगरी पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रुकेश महर्जन, भुपु सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुङ छन्। पविनले कैलालीका देवराज रानालाई २१–१६, १५–२१, २२–२० ले पराजित गरे।

यसैगरी जीवनले सेनाका गोकुल जोरालाई २१–१७, २१–१०, रुकेशले भुपु सैनिकका सुरज गुप्तालाई २१–१४, २१–१७, सहरोजले पुलिसका पूर्ण बहादुर थापालाई २१–१७, १८–२१, २१–१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१–१६, २१–७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१–१४, २३–२१ ले पराजित गर्दै अन्तिम आठ पुगे।

महिला एकलतर्फ धादिङकी तारा आले र सेनाकी प्राथना देउवाले क्वार्टरफाइनलमा स्थान बनाए। महिलाको न्यून उपस्थिति रहेको प्रतियोगितामा ताराले सेनाकी डेमोना केसी २१–१०, २१–७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्यालमाथि २१–६, २१–७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे।

पुरुष युगल सी लेबलको प्रतिस्पर्धामा धादिङका विपेन घले र राम मल्ल ठकुरीको जोडी र गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

क्वार्टरफाइनल प्रवेश गर्ने अन्यमा टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडी, सिडीबिएका किरण बिष्ट र राजकुमार गुरुङको जोडी, कीर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्टको जोडी, भुपुका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोक राज डंगोलको जोडी छन्।

यस्तै पुरुष ४५ वर्षमाथिको युगलतर्फ जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी क्वाटरफाइनल प्रवेश गर्यो। गोकर्णेश्वरका बुद्धिबहादुर घिसिङ र डि बहादुर तामाङको जोडीले पनि क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। 

क्वार्टरफाइनल प्रवेश गर्नेमा युनिक स्पोर्टस्का एम बज्राचार्य र अनिल कुमार लाखेको जोडी, पिएफसीका पूर्ण हरि होना र संजय कपालीको जोडी, बुटवलका विरेन्द्र सिंह बिष्ट र मान बहादुर रानाको जोडी, जेष्टका राजाबाबु महर्जन र रुद्र थिङको जोडी, ललितपुरका सुमन महर्जन र सुनिलमान शाक्यको जोडी तथा चन्द्रगढीका हरि खत्री र भरत श्रेष्ठको जोडी छन्।

प्रकाशित: Mar 12, 2021| 13:00 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।