बिहीबार, भदौ ४, २०८३

योग क्रान्तिको पहल गर्दै गोकर्णेश्वर

गोकर्णेश्वर नगरपालिकाले ५० लाखको लागतमा योग हल निर्माण गर्दै योग क्रान्ति गर्ने लक्ष्य राखेको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- गोकर्णेश्वर नगरपालिकाले ५० लाखको लागतमा योग हल निर्माण गर्दै योग क्रान्ति गर्ने लक्ष्य राखेको छ।

‘नगर क्षेत्रभित्रको उपयुक्त ठाउँमा ५० लाखको लागतमा तत्काल योग हल निर्माण गरिनेछ,’ नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए।

जोरपाटीस्थित भैरव अर्याल स्मृति भवनमा आयोजित कार्यक्रममा पालिकाका १३ वटा योग शिविरलाई आवश्यक सामग्री प्रदान गर्दै नगरप्रमुख चालिसेले योगको लागि हल बनाउने बताएका हुन्।

सो कार्यक्रममा योग शिविर संयोजकहरूलाई म्याट, साउण्ड सिस्टम, पङ्खालगायत सामग्री प्रदान गरिएको हो। प्रमुख चालिसेले योगको विकास र अपनत्वका लागि नगरपालिकाले योग समिति गठन गर्ने पनि बताए।

नगरप्रमुख चालिसेले नगरपालिकाका ९ वटै वडामा ज्येष्ठ नागरिक क्लब निर्माण गर्नका लागि प्रत्येक वडालाई २० लाखको बजेट विनियोजन गरिएको बताए।

सो कार्यक्रमा गोकर्णेश्वर महादेव मन्दिरदेखि उत्तरबहिनीसम्मको क्षेत्रलाई उत्तरगया धामका रूपमा विकास गर्ने काम सुरु भएको जानकारी दिइयो।

नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद सुवेदी र वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले वडाभित्र सञ्चालित योग शिविरलाई थप व्यवस्थित बनाउन वडाबाट हुनसक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सो अवसरमा योग शिक्षक अच्युत अर्याल, पतञ्जली योग समिति काठमाडौंका अध्यक्ष सुरेन्द्र रिमाल र पतञ्जली योग समिति गोकर्णेश्वर नगर संयोजक रामप्रसाद सञ्जेलले योगको आवश्यकता र महत्वका बारेमा बताए।

गोकर्णेश्वर वडा नम्बर ९ का अध्यक्ष राजीव थापाले कोरोना महामारीले पनि योगको महत्वलाई नै सिद्ध गरेको बताउँदै वडाले स्थानीयहरुलाई योगलाई जीवनशैली बनाउन पहल गर्ने बताए । ‘योगको आवश्यकता र महत्व सिद्ध भइसकेको छ,’ अध्यक्ष थापाले भने, ‘अब हामीले दैनिक जीवनमा यसलाई उतार्नु परेको छ ।’

प्रकाशित: Aug 03, 2021| 09:34 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।