शुक्रबार, असार २६, २०८३

ईपीएलको पुछारमा रहेको शेफिल्डका प्रशिक्षक बर्खास्त हुँदै

इंग्लिस प्रिमियर लिग (ईपीएल) क्लब शेफिल्ड युनाइटेडले प्रशिक्षक क्रिस वाइल्डर मुख्य प्रशिक्षकबाट बर्खास्त गर्ने तयारी गरेको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) क्लब शेफिल्ड युनाइटेडले प्रशिक्षक क्रिस वाइल्डर मुख्य प्रशिक्षकबाट बर्खास्त गर्ने तयारी गरेको छ।

पाँच वर्ष क्लबको हेड कोच रहेका वाइल्डरलाई आज क्लबले बर्खास्त गर्न लागेको बीबीसीले जनाएको छ।

जारी लिगमा २८ खेल सकिँदा शेफिल्ड मात्र १४ अंक बनाएर तालिकाको पुछारमा छ। १० खेल बाँकी भएको अवस्थामा रेलिगेसन जोनको शीर्षस्थानमा रहेको फुलहामको २६ अंक छ।

ऊ अहिले सुरक्षित अवस्थाभन्दा १३ अंक पछि छ। त्यसैले शेफिल्डले रेलिगेशनबाट बच्नका लागि निकै कसरत गर्नुपर्ने छ। १७ औं स्थानको ब्राइटोनभन्दा १२ अंकले पछि परिसकेको अवस्थामा उसलाई लिगमा पुनरागमन गर्न भने कठिन हुनेछ।

नयाँ सिजन सुरु भइसकेपछि शेफिल्डले १२ जनवरीमा मात्र पहिलो जित निकालेको थियो। उसले न्युकासललाई हराउँदै पहिलोपटक तीन अंक जोडेको थियो।

त्यसयता उनले थप तीन जित निकालेको छ। जारी सिजनमा २२ हार बेहोरिसकेको छ।


 

प्रकाशित: Mar 12, 2021| 11:12 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।