शुक्रबार, असार २६, २०८३

नेपालमा हुने भनिएको विश्वकप छनोटको खेल कुवोतमा सर्‍यो

नेपालले खेल्ने फिफा विश्वकप २०२२ र एसियाकप २०२३ को संयुक्त छनोट खेल आगामी मे ३१ देखि जुन १५ सम्म हुने एसियाली फुटबल महासंघ (एएफसी) ले बताएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं- नेपालले खेल्ने फिफा विश्वकप २०२२ र एसियाकप २०२३ को संयुक्त छनोट खेल आगामी मे ३१ देखि जुन १५ सम्म हुने एसियाली फुटबल महासंघ (एएफसी) ले बताएको छ।

एएफसीले आज एक सूचना जारी गर्दै नेपाल सम्मिलित समूह बीको सबै खेल कुवेतमा गर्ने बताएको हो।

विश्वकप छनोटमा नेपालले अझै तीन खेल घरेलु मेदानमा खेल्न बाँकी छ। सुरुमा दशरथ रंगशालामा हुने भनिएको खेल दुई हप्ताअघि मात्र एएफसीले नेपालमा नहुने बताएको एन्फाले जनाएको थियो।

नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग होम खेल खेल्न बाँकी छ।

नेपाल पाँच खेलमा एकमात्र जित निकाल्दै समूहको चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपइलाई २–० गोलले हराउनुबाहेक बाँकी खेलमा हार बेहोरेको छ।

त्यस्तै, एएफसीले आज जारी गरेको सूचनाअनुसार समूह एको खेल चीनमा, सीको बहराइनमा, डीको खेल साउदी अरेबिया, ईको कतार, एफको जापान, जीको यूएई र एचको खेल दक्षिण कोरियामा हुनेछ।

फिफा विश्वकप २०२२ मा कतारमा आयोजना हुँदैछ भने एसियाकप २०२३ मा चीनमा हुनेछ। 

प्रकाशित: Mar 12, 2021| 09:29 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।