शुक्रबार, असार २६, २०८३

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नहुने

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यसपटक नहुने भएको छ।
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

विराटनगर- बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यसपटक नहुने भएको छ।

धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै २३ औं संस्करण आयोजना गर्न नसकिने जानकारी दिएको छ। २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक रोकिएको हो।

क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरुबाटै संकलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सहप्रायोजकबाट पाउदै आएको बताए। 

कोरोना महामारीको असर गोल्डकपलाई पनि पुगेको बताए।

आयोजकले २२ औं संस्करणको विजेता र उपविजेताको पुरस्कार राशी पनि सबै दिन नसकेको जनाएको छ। 

प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो।

तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मर्स्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको अध्यक्ष राईले बताए।

प्रकाशित: Mar 12, 2021| 08:15 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।