शुक्रबार, असार २६, २०८३

बीचमै स्थगित भएको पीएसएल जुनमा हुने

गत फेब्रुअरी २० बाट सुरु भएको प्रतियोगिता १४ खेलपछि मार्च ४ मा स्थगित भएको थियो। 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं - कोरोना महामारीका कारण चल्दाचल्दै अनिश्चितकालका लागि स्थगित भएको पाकिस्तान सुपर लिग (पीएसएल) आउँदो जुनमा हुने भएको छ।

गत फेब्रुअरी २० बाट सुरु भएको प्रतियोगिता १४ खेलपछि मार्च ४ मा स्थगित भएको थियो। 

मार्च ३ मा गरिएको कोभिड–१९ टेस्टमा तीन खेलाडी थपिएसँगै पीएसएल खेल्ने ६ खेलाडीसहित बायोसेक्योर बलमा रहेका सातजनालाई कोरोनाको संक्रमण देखिएको थियो।

संक्रमण देखिएपछि पीसीबीले फ्रेन्चाइज क्लबसँगको सहमतिमा प्रतियोगिता स्थगित गरेको बताएको थियो।

३४ खेलको प्रतियोगितामा अझै २० खेल बाँकी छन्। अब बाँकी २० खेल जुनमा सुरु गर्ने पीसीबीले बताएको छ। 

उसले सबै फ्रेन्चाइजसँग भर्चुअल मिटिङ गर्दै अढाइ महिनापछि प्रतियोगिता पुनः सञ्चालन गर्न लागेको हो।

नेपालका सन्दीप लामिछाने पनि लाहोर कलन्दर्सबाट पीएसएलमा सहभागी बनेका छन्। दुई खेलपछि पाकिस्तान पुगेका उनले खेलमा सहभागिता जनाउन पाएनन्।

प्रकाशित: Mar 12, 2021| 06:50 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।