शुक्रबार, असार २६, २०८३

समाप्त भएकै हाे मेस्सी-रोनाल्डो युग ?

मेस्सी र रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि प्रश्न उठेको छ– के मेस्सी र रोनाल्डोको युग समाप्त भएकै हो ? 
 |  शुक्रबार, फागुन २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २८, २०७७

मेस्सी र रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि प्रश्न उठेको छ– के मेस्सी र रोनाल्डोको युग समाप्त भएकै हो ?

काठमाडौं – फुटबलमा सक्रिय खेलाडीहरूमध्ये सबैभन्दा बढी दबदबा कसको होला ? उत्तर सहज छ– लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो। 

लामो समयदेखि यी दुई खेलाडीबीच व्यक्तिगत प्रतिस्पर्धासमेत हुँदै आएको छ। बहससमेत बेलाबेलामा छेडिन्छ– दुईमध्ये को उत्कृष्ट ? 

जब–जब यो बहस छेडिन्छ सारा विश्व विभाजित हुन्छ। कसैले मेस्सीको नाम लिन्छन्, कसैले रोनाल्डोको। 

खैर, वर्तमान समयका सर्वोत्कृष्ट खेलाडी मेस्सी र रोनाल्डो भएकोमा कसैको दुई मत भने छैन।  

अहिले रोनाल्डो ३६ वर्षका भए। मेस्सी आउँदो जुनमा ३४ वर्ष पुग्दै छन्।

अहिलेको समयमा उनीहरूको नामको अघिपछि कुनै विशेषण लगाइरहनुको आवश्यकता छैन। किनकी उनीहरूका सफलता, राखेका रेकर्ड, खेल शैली आदीले नै सबै कुरा प्रस्ष्ट हुन्छ।

तर, च्याम्पियन्स लिगको यो साता सम्पन्न खेलमा दुई ऐतिहासिक कुरा भए। युरोपियन फुटबलमा वर्चस्व जमाउँदै आएका रोनाल्डो र मेस्सी नै पहिलोपटक च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्न असफल रहे। 

अघिल्लो वर्ष दुवै खेलाडी सेमिफाइनल पुग्नबाट चुकेका थिए। यो वर्ष अझ एक स्टेप तलै रहे। अर्थात् दुवै खेलाडी अन्तिम १६ बाटै बाहिरिए। 

च्याम्पियन्स लिगमा १६ वर्षयता उनीहरू हरेकपटक सेमिफाइनल पुग्दै आएका थिए। मेस्सी र रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि प्रश्न उठेको छ– के मेस्सी र रोनाल्डोको युग समाप्त भएकै हो ? 

यो प्रश्नको उत्तर भने सहज छैन। समयले नै यसको उत्तर दिनेछ। 

गएराति पीएसजीविरुद्धको खेलपछि मेस्सीको नाममा रहेको एक रेकर्ड पीएसजीका फरवार्ड केलियन एम्बाप्पेले तोडे। 

बुधबार राति बार्सिलोनाविरुद्ध गोल गर्दा उनले सबैभन्दा सानो उमेरमा च्याम्पियन्स लिगमा २५ गोल गर्ने मेस्सीको रेकर्ड तोडेका हुन्। 

रोनाल्डोसँग जोडेर कुरा गर्दा उनीहरू दुवै बाहिर रहेको सिजन अर्का दुई युवा खेलाडी रहेको पीएसजी र बोरुसिया डर्टमन्ड भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

अनि जारी सिजनमा रेकर्ड तोड्ने खेलाडीमा एम्बाप्पे मात्र छैनन्। डर्टमन्डका फरवार्ड इलिङ ब्रुल हाल्यान्डले पनि च्याम्पियन्स लिगमा सबैभन्दा सानो उमेरमा २० गोल पुर्‍याउने खेलाडीको रेकर्ड बनाएका छन्।

चार खेलाडीबीचको समानता 

अहिले चारै खेलाडीका समान कुरा भनेको उनीहरूको भविष्यप्रति समर्थकको चिन्ता हो। अहिले अधिकांश समर्थक र क्लब उनीहरूको भविष्यप्रति चिन्तित देखिन्छन्।

यसको विभिन्न करण छन्। पछिल्लो समयमा बार्सिलोनाको स्क्वाडमा ठूलो परिवर्तन हुँदा कप्तान मेस्सीले क्लब छोड्ने घाषणा गरेका थिए। त्यसपछि उनको भविष्यलाई लिएर चिन्ता उत्पन्न हुन थालेको हो।

बार्सिलोनाका अध्यक्ष जुवन लापोर्ता र प्रशिक्षक रोनाल्ड कोम्यान मेस्सीलाई क्याटलानियामै सुरक्षित राख्ने बताउँदै आएका छन्।

अर्का खेलाडी रोनाल्डो तीन वर्षअघि रियल मड्रिड छोडेर इटालियन क्लब युभेन्टस् गएसँगै उनको प्रदर्शनमा समानता देखिँदैन। युभेन्टस्सँग उनको सम्झौता २०२२ सम्म छ। तर, आउट भएसँगै रोनाल्डोको सम्झौता थप हुने वा नहुनेबारे प्रश्नहरू उठ्न थालिसकेका छन्।

अहिले युरोपियन फुटबलको सरुवा बजारमा सबैभन्दा चर्चामा रहेका खेलाडी हाल्यान्ड र एम्बाप्पे हुन्। 

बार्सिलोनाले यी दुई खेलाडीमध्ये एक खेलाडी अनुबन्ध गर्न चाहन्छ। स्पेनिस क्लब रियल मड्रिडको सपना पनि त्यही छ।

प्रिमियर लिगका आर्सनल, म्यानचेस्टर युनाइटेडदेखि सिटीसम्मका आँखा यी दुई खेलाडीमाथि छ। धेरै क्लब उनीहरूलाई आ–आफ्नो स्क्वाडमा ल्याउन चाहन्छन्। यता पीएसजी र डर्टमन्ड उनीहरूलाई गुमाउन चाहँदैनन।

एकअर्काका प्रतिद्वन्द्वी बन्दै एम्बाप्पे र हाल्यान्ड

बार्सिलोनाविरुद्ध पहिलो लेगको खेलमा एम्बाप्पेले ह्याट्रिक गरेको भोलिपल्ट डर्टमन्डका हाल्यान्डले सेभियाविरुद्ध च्याम्पियन्स लिगमै दुई गोल गरे।

दुई गोलपछि मिडियासँगै प्रतिक्रिया दिँदै हाल्यान्डले भनेका थिए, ‘हिजोको खेलमा एम्बाप्पले ह्याट्रिक गरेको देखेँ आजको दुई गोल त्यसकै प्रेरणा हो।’

त्यसपछि नै त हो रोनाल्डो र मेस्सीको ठाउँ यी दुई युवा खेलाडीले लिन सक्छन् भन्ने चर्चा चल्न थालेको। 

रोनाल्डो र मेस्सीको खेल जीवनमा पनि यस्ता घटना प्रशस्तै भेटिएका छन्। जहाँ एउटा रेकर्ड मेस्सीले बनाउँछन्। अर्को एक रेकर्ड तोड्दै रोनाल्डोले आफ्नो नाममा नयाँ रेकर्ड बनाइदिन्छन्। 

एक अर्काको खेल हेरेरै आफू निखारिएको दुवै खेलाडीले स्वीकार पनि गरेका छन्।

त्यस्तै प्रकृति अहिले हाल्यान्ड र एम्बाप्पेमा पनि देखिन्छ।
 

प्रकाशित: Mar 12, 2021| 01:41 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।