काठमाडौं- झापाका प्रनिश सिंह ठकुरी र विशाल बस्नेतको जोडी प्रथम खुला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वार्टरफाइनल प्रवेश गरेका छन्।
प्रतियोगिताको दोस्रो दिन एपिएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९–२१, २१–१६, २१–११ को सेटमा पराजित गर्दै प्रनिश र विशालको जोडी क्वार्टरमा स्थान बनाउन सफल भएको हो।
साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ क्वाटर्रफाइनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुंगाना र अभिषेक गुरुङको जोडी, चण्डोलका सनम खपांगी र हिरा राईको जोडी, ईचंगुका रमेश श्रेष्ठ र साजन श्रेष्ठको जोडी, सिन्धुलीका दीपेन्द्र बस्नेत र रुपक थिङको जोडी, सुर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी, भुपू सैनिकका सहरोज अन्सारी र सुरज गुप्ताको जोडी छन्।
गणेश र अभिषेकको जोडीले टोखाका क्षितिज खनाल र सूर्यदर्शनका दीपक रानाको जोडीलाई १४–२१, २१–१९, २१–१५, सनम र हिराको जोडीले सेनाका भोजबहादुर गुरुङ र आयुष्मान नागरीको जोडीलाई २१–१४, २१–१३, रमेश र साजनको जोडीले टोखाका अमन महर्जन र नारायण श्रेष्ठको जोडीलाई २१–१८, २१–१२, दिपेन्द्र र रुपकको जोडीले बुटवलका प्रतिक अर्याल र एनआरएन दुवईका शाहिल चन्दको जोडीलाई २१–११, २१–८, नरेन्द्र र शिवको जोडीले सेनाका गोकुल जोरा र डेभिड थापा मगरको जोडीलाई २१–११, २१–१५ तथा सहरोज र सुरजको जोडीले कैलालीका योगश खड्का र देव राज रानाको जोडीलाई २३–२५, २१–१६, २१–११ ले पराजित गरेका हुन्।
पुरुष युगल सी तर्फको खेलमा साईनोका संजय श्रेष्ठ र समीर थापा, टोखाका क्षितिज खनाल र अमन महर्जन, धादिङका बिपिन घले र राम मल्ल ठकुरी, हरिसिद्धी ब्याडमिन्टन क्लबका पुस्पेन्द्र महर्जन र तुलसी राम महर्जन, दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगर, गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का र रमेश ठकुरी, सूर्यदर्शनका बाबुराम अर्याल र हिरा रोका मगर, स्पोर्टस् हवका विशम राई र दिलिप राई, किर्तिपुरका दिपेश बज्राचार्य र निखिल भट्ट, भुपू सैनिकका जीवन खत्री र प्रकाश कुँवर, नुवाकोटका चन्दन घले र सुरज लामा, गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठ, साईनोका ओम लाल गुरुङ र बुद्धिलाल नगरकोटी, टोखाका बुद्धि डंगोल र शोकराज डंगोल तथा सूर्यदर्शनका विष्णु राना र टिका थापाको जोडी पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै अर्को चरण प्रवेश गरेका छन्।
पुरुष युगल बीतर्फ दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र विभेक शर्माको जोडी, टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडी, गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडी, भुपु सैनिकका सुरज गुप्ता र स्पोर्टस् हवका दिलिप राईको जोडी, भक्तपुरका नवराज सापकोटा र ईश्वर थापाको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिङ्गको जोडी, चण्डोलका सनम खपांगी र शिव मगरको जोडी तथा दीपक ब्याडमिन्टन एकेडेमीका राम आलेमगर र सूर्यदर्शनका अर्जुन तामाङको जोडी पनि आआफ्नो प्रतिद्वन्द्वीलाई पन्छाउँदै अर्को चरणमा स्थान बनाउन सफल भए।