शुक्रबार, असार २६, २०८३

मेयर कप क्रिकेटमा बागमतीद्वारा आर्मी पराजित 

मेयर कप क्रिकेट अन्तर्गत आज (बिहीबार) को दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- मेयर कप क्रिकेट अन्तर्गत आज (बिहीबार) को दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरअघि सम्पन्न खेलमा बागमतीले त्रिभुवन आर्मीलाई ११ रनले पराजित गरेको हो।

बागमती प्रदेशले दिएको २६७ रनको लक्ष्य लिएर मैदान उत्रिएको आर्मीले ४७.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर जम्मा २५६ रन जोड्न सक्यो।

उसका लागि विनोद भण्डारीले सतकीय पारी खेलेका थिए। उनले ११४ बलको सामना गर्दै ८ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन जोडे। लोकेश बमले ४६ रन बनाए भने करण केसी २४ रनमै आउट भए।

आर्मीलाई लक्ष्यमा पुग्न नदिन बागगमतीका अरियो पौडेलले सर्वाधिक ५ विकेट लिए। रामनरेश गिरीले २ तथा नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले १–१ विकेट लिए।

त्यसअघि बागमती प्रदेशले ४९.४ ओभर खेल्दै २६६ रन जोडेको थियो। उसका लागि पारस खड्काले सर्वाधिक ११९ रनको योगदान दिएका थिए।

पारसले १३३ बलमा ११ चौका र २ छक्का प्रहार गरे। नन्दन यादवले नटआउट ४२ रन बनाए भने इशान पाण्डेले २६ रन जोडे।

आर्मीका लागि सोमपाल कामी एक्लैले ५ विकेट लिएका थिए।  त्यस्तै बिक्रम सोब, जितेन्द्र मुखिया, शाहब आलम र करण केसीले १–१ विकेट लिएका थिए।

मेयर कपको उपाधिका लागि भने सशस्त्र प्रहरीको एपीएफले अर्को विभागीय टोली पुलिससँग प्रतिस्पर्धा गर्ने तय भइसकेको छ।

प्रकाशित: Mar 11, 2021| 11:45 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।