आइतबार, चैत १, २०८२

मेयर कपको फाइनलमा एपीएफ पुलिससँग भिड्ने

मेयर कप क्रिकेटमा १७८ रनको सामान्य लक्ष्य पाएको सशस्त्र प्रहरीको एपीएफले फाइनलमा विभागीय डर्बी नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- मेयर कप क्रिकेटमा १७८ रनको सामान्य लक्ष्य पाएको सशस्त्र प्रहरीको एपीएफले फाइनलमा विभागीय डर्बी नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ।

National life

मुलपानीस्थित क्रिकेट मैदानमा भर्खरै आज (बिहीबार) खेलमा काठमाठौं मेयर्स-११ लाई ७ विकेटले हराउँदै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले एक ओभर एक बल बाँकी रहँदै अल आउट भएर १७७ रन बनाएपछि एपीएफले मध्यम लक्ष्य पाएकोे थियो। जवाफी ब्याटिङमा ४४ ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा एपीएफले लक्ष्य पुरा गर्‍यो।

एपीएफको जितका लागि कप्तान शरद भेषावकर र सन्दीप जोराले अविजित अर्धसतकीय इनिङ खेले। भेषावकरले ६१ रन बनाए भने जोराले ६२ रनको योगदान दिए। शंकर रानाले ३१ तथा भुवन कार्कीले ११ रन जोडे।

काठमाडौंका सन्दीप लामिछाने, अनिल खरेल र अन्जु चुनराले समान १–१ विकेट लिए।

Laxmi sunrise bank
kumari

पहिले ब्याटिङमा आएको काठमाडौंका लागि सन्दीप रजालीले ४८ र हरिशंकर शाहले ३६ रन बनाए भने बिक्रम भुसालले २० रन जोडे।

यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। यता एपीएफका लागि अभिनाष बोहरा र कमल ऐरीले समान ३–३ विकेट लिए। त्यस्तै, बसन्त रेग्मी, सरद भेषावकर र भुवन कार्कीले समान १–१ विकेट गिराए।

आजको जितसँगै एपीएफले तीन खेलमा जित र एक खेलमा हार बेहोर्दे फाइनलमा स्थान बनाएको हो।

प्रकाशित: Mar 11, 2021| 10:46 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।