शुक्रबार, असार २६, २०८३

पारसलाई रोक्न नसक्दा आर्मीले पायो कठिन लक्ष्य

काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा बागमती प्रदेशले पीएम कपको विजेता त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा बागमती प्रदेशले पीएम कपको विजेता त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर बलिङ गरेको आर्मीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई रोक्न नसक्दा कठिन लक्ष्य पाएको हो। 

पहिलो ब्याटिङ राजेको बागमतीले दुई बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर २६६ रन बनाएको हो।

बागमतीका लागि पारसले १३३ बलमा ११९ रन बनाउँदै सतकीय पारी खेले। जारी मेयर्स कपमा यो दोस्रो सतक हो। यसअघि पुलिसका दिपेन्द्र सिंह ऐरीले १४० रनको सतकीय पारी खेलेका थिए।

उनी नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सतक बनाउने खेलाडी पनि हुन।

बागमतीका लागि इशान पाण्डेले २६, पृथु बास्कोटाले १२ र आदिल खानले २१ रन बनाए। त्यस्तै, नन्दन यादवले ३३ रन जोडे।

आर्मीका लागि फास्ट बलर सोमपाल कामीले पाँच विकेट लिए भने विक्रम शोब, जितेन्द्र मुखिया र शाहब आलमले समान १–१ विकेट गिराए।

प्रकाशित: Mar 11, 2021| 07:39 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।