शुक्रबार, असार २६, २०८३

एपीएफलाई काठमाडौंले दियो सामान्य लक्ष्य

काठमाडौं मेयर्स कपअन्तर्गत आज (बिहीबार) मूलपानी मैदानमा जारी खेलमा काठमाडौं मेयर्स–११ टिमले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७८ रनको लक्ष्य प्रदान गरेको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– काठमाडौं मेयर्स कपअन्तर्गत आज (बिहीबार) मूलपानी मैदानमा जारी खेलमा काठमाडौं मेयर्स–११ टिमले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७८ रनको लक्ष्य प्रदान गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले एक ओभर एक बल बाँकी रहँदै आल आउट भएर १७७ रन बनाएपछि एपीएफले मध्यप लक्ष्य पाएको हो।

काठमाडौंका लागि सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ रन बनाए भने बिक्रम भुषालले २० रन जोडे।

यसबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। यता एपीएफका लागि अभिनाष बोहरा र कमल ऐरीले समान ३–३ विकेट लिए।

त्यस्तै, बसन्त रेग्मी, सरद भेषावकर र भुवन कार्कीले समान १–१ विकेट गिराए।

आजको खेलमा एपीएफले जित निकाले ऊ फाइनलमा पुग्ने छ तर काठमाडौंले जित निकाले फाइनलका लागि चार तीन टिमबीच अंकतालिकामा प्रतिस्पर्धा हुनेछ।
 

प्रकाशित: Mar 11, 2021| 07:10 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।