शुक्रबार, असार २६, २०८३

सहिद स्मारक ‘बी’ डिभिजन लिग आज सकिँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७६ अन्तर्गत आज अन्तिम खेल हुँदैछ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७६ अन्तर्गत आज अन्तिम खेल हुँदैछ।

गत वर्ष फागुनमा सुरु भएको लिग कोरोना महामारीका कारण चैतमा स्थगित भएपछि करिब एक वर्षपछि गएको फागुन ११ गतेबाट बाँकी रहेका खेल सञ्चालन भएको थियो।

लिगअन्तर्गत कोरोना महामारीअघि ३२ खेल सम्पन्न भएका थिए भने यो महिना बाँकी ३४ खेल सम्पन्न भएका हुन्। ६६ खेलको लिगमा सातदोबाटो युथ क्लब नौ खेलसम्म अपराजित रहँदै लिगविजेता भएको थियो।

तर उसले अघिल्लो चरणको दशौँ खेलमा भने लिग जिते जितेपश्चात् पहिलो हार बेहोरेको थियो। उसले पछिल्लो खेलमा मध्यपुरसँग हार बेहोरेको थियो।

आजको पहिलो खेलमा त्यही मध्यपुर युथ क्लबले झम्सिखेल युथ क्लबसँग खेल्दैछ। यी दुवै टिम अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद् अन्त्य गर्न चाहन्छन्।

मध्यपुर लिग तालिकाको नवौं स्थानमा छ भने झम्सिखेल ११ औं स्थानमा। त्यस्तै लिगको अन्तिम खेलमा ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसीटी)सँग प्रतिस्पर्धा गर्नेछ।

सातदोबाटो शीर्षस्थानमा छ भने आरसीटी १३ अंकका साथ आठौं स्थानमा छ। बी डिभिजन लिगको पुछारमा रहँदै पुल्चोक स्पोर्टस् क्लब सी डिभिजन लिगमा घटुवा भइसकेको छ।

प्रकाशित: Mar 11, 2021| 06:10 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।