शुक्रबार, असार २६, २०८३

लाइप्जिकलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम आठमा

जर्मन क्लब आरबी लाइप्जिकलाई हराउँदै इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं– जर्मन क्लब आरबी लाइप्जिकलाई हराउँदै इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

कोरोना महामारीका कारण हंगेरीको बुढापेस्टमा सारिएको खेलमा लिभरपुलले लाइप्जिकलाई २–० गोलले हराएको हो।

लिभरपुलको जितका लागि मोहम्मद सलाह र साडियो मानेले १–१ गोल गरे। पहिलो हाफमा बराबरी भएपछि सलाहले खेलको ७० औं मिनेटमा गोल गरेका थिए भने साडियो मानेले त्यसको चार मिनेटमै अर्को गोल गरे।

यता लाइप्जिकले गोल गर्न सकेन। यसअघि सम्पन्न पहिलो लेगको खेलमा पनि लिभरपुलले २–० गोलकै जित निकालेको थियो। त्यसैले समग्रमा ४–० गोलअन्तरको जितका साथ लिभरपुल क्वार्टरफाइनलमा पुगेको हो।

‘आजको प्रदर्शन र त्यसको स्तर निकै आवश्यक र राम्रो थियो,’ गएरातिको खेलपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने, ‘हामीले निकै राम्रो गर्यौँ। तर केही अवसर गुमायौँ पनि।’
 

प्रकाशित: Mar 11, 2021| 02:30 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।