शुक्रबार, असार २६, २०८३

अन्तरक्लब टी-२० क्रिकेटकाे उपाधि जनकपुरलाई

केएन स्पोर्ट्स प्रालिको आयोजनामा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लब टी-२० क्रिकेट लिग उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

पोखरा- केएन स्पोर्ट्स प्रालिको आयोजनामा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लब टी-२० क्रिकेट लिग उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ। बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लबमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधिमा आफ्नो नाम लेखाएको हो। 

पहिला ब्याटिङ गरेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन। उसले मात्रै ७२ रनको योगफल तयार पार्दा रोबिन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेले। अन्य व्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २/२ विकेट बाँडे। 

जितका लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको नोक्सानीमा विजयी लक्ष्य प्राप्त गर्‍यो। जनकपुरका अकबर अलीले अविजित ३२ तथा शोभाकान्त पाण्डेले १५ रन बनाए। चितवनको बलिङमा संघर्ष पौडेलले ३ विकेट लिए।

प्रतियोगितामा जनकपुरका राहुलप्रताप सिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट व्याट्स्म्यान भए। जीतसँगै जनकपुरले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्‍यो। 

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, सचिव दिपेन्द्र चन्द लगायतले पुरस्कार वितरण गरे।

आयोजक केएनस्पोर्ट्सका सञ्चालक कमल थापाको अध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। 

प्रकाशित: Mar 10, 2021| 14:34 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।